back
CTIZAN AD

 धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी, कुन-कुन वडामा को-को त ?

वि.सं.२०७९ जेठ १ आइतवार

726 

shares

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादवले एक हजार १४३ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लभकुमार अधिकारीले ५४१ ले मत प्राप्त गरे ।

मिथिला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा कांग्रेसका जोगी महतो ७३५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लक्ष्मी महतोले ६५८ मत प्राप्त गरेकी जनाइएको छ ।

त्यस्तै धनुषाको सबैला नगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा पनि कांग्रेसका मिथिलेश साह निर्वाचित भएका छन् । जनकनन्दनी गाउँपालिकाको वडा नम्बर १ को वडाअध्यक्षमा भने नेकपा (एकीकृत समाजवादी)का सन्तोष गोइतले ४१२ मतप्राप्त गरी निर्वाचित भएका छन् ।

निर्वाचन अधिकृत ठूलोबाबु दाहालका अनुसार वडासदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमलादेवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएकी छिन् ।

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम रहेको छ ।

उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार शिवशङ्कर साह ले ४६१ मत प्राप्त गरेका छन् ।

यस्तै अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले २४४ मत, लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले १६४ तथा जसपाका लालकिशोर साहले १४५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

वि.सं.२०७९ जेठ १ आइतवार १०:१८ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...