काठमाडौं । दाङको राजपुर गाउँपालिका वडा नम्बर ६को अध्यक्षमा नेकपा मााआवादी केन्द्रका श्यामबहादुर रोका विजयी भएका छन् । सो वडामा माओवादीबाट प्यानलै विजयी भएको हो ।
रोका एमालेका राजेन्द्र चौधरी र कांग्रेसका सन्तराम चौधरीलाई पछि पार्दै विजयी भएका छन् । रोकाले ५ सय ८० मत प्राप्त गरी विजयी भएका हुन् ।
यस्तै, माओवादी केन्द्रबाट दिलमती वलीले ५ सय ६९, सन्ध्या नेपालीले ५ सय ६४, दिपेश चौधरीले ५ सय ४३ र नेत्रबहादुर खत्रीले ५ सय ५३ मत प्राप्त गरी विजयी भएका छन् ।
वि.सं.२०७९ जेठ १ आइतवार १३:१८ मा प्रकाशित






























