back
CTIZAN AD

भरतपुर महानगर–१मा गठबन्धन विजयी, कस्ले कति मत प्राप्ता गरे त ?

वि.सं.२०७९ जेठ १ आइतवार

720 

shares

चितवन । भरतपुर महानगरपालिकाको वडा नं १ मा गठबन्धनबाट वडाध्यक्षको उम्मेदवार नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । महर्जनले एक हजार ३९० मत प्राप्त गरेकामा उनको निकटतम प्रतिस्प्रर्धी शुक्रकुमार श्रेष्ठले एक हजार ३१३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उक्त वडामा तीन हजार २७७ मत खसेको थियो । वडा नं १ को गणना सकिँदै गर्दा गठबन्धनबाट प्रमुखको उम्मेदवार बनेमककी नेकपा माओवादी केन्द्रकी रेनु दाहालको अग्रता कायम छ । उनले उक्त वडामा १२१ मतले अग्रता लिएकी हुन । दाहालले एक हजार २०८ मत प्राप्त गर्दा उनको निकटतम प्रतिस्प्रर्धी नेकपा एमालेका विजय सुवेदीले एक हजार ८७ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४३० मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा गठबन्धनकै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले एक हजार ३६२ मत पएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेसहितको गठबन्धनकी हिमला गुरुङले ८७७ मत पाएका छन् । महानगरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । यस्तै जिल्लाका अन्य पालिकामा रत्ननगर र खैरहनीमा पाँच दलीय गठबन्धनको अग्रता छ भने माडी, कालिका, राप्ती र इच्छाकामनामा नेकपा एमालेले अग्रता कायम गरेको छ ।

 

वि.सं.२०७९ जेठ १ आइतवार १३:०५ मा प्रकाशित

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

ठुलीपोखरी-खौला सडक : वैशाख १० गतेदेखि ३० गतेसम्म आवतजावतमा रोक

पर्वत । तीन दशकअघि मार्ग खुलेको यहाँको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला...

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

काठमाडौँ  ।  दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान गर्दै आज विश्व...

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको...

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासीमा आगलागी, बाह्र घर जले

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । पश्चिम नवलपरासीको प्रतापपुर– ५ भैरमपुरका...