
काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य बढाएको छ ।
वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले आइतबार पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्य बढाउने निर्णय गरेको हो ।
निगमको निर्णयसँगै अब पेट्रोल प्रति लिटर रु १७० र डिजल तथा मट्टीतेलको बिक्री मूल्य प्रति लिटर रु १५३ कायम भएको छ ।
नयाँ बिक्री मूल्य शनिबार राती १२ बजे देखि लागू हुने निगमले जनाएको छ।