Logo
२८ श्रावण २०७९, शनिबार
     Sat Aug 13 2022
E-paper
  English Edition
   Unicode
Logo

शरिरमा भएका कोठीको आ–आफ्नै शंकेत



kothi“यो नानीको कोठी रै छ दाहिने पट्टी गालामा

लान्छु मैले यसै पालामा”

सायद केहि रहस्य नै थियो, यस गीतमा । जसले यो गीत लेखे उनले यो भन्न खोजेका होलान् सायद दाहिने गालामा कोठी भएकी यति राम्री सुन्दरी तिमी, तिमीसँगै माया गाँसेर अनि सँगै जिउने सँगै बाँच्ने कसम खान्छु । यो माथिको गीतले भनेजस्तै शरीरका विभिन्न भागमा रहेका अन्य कोठीहरूको पनि विभिन्न अर्थ हुन्छ, भनेर भनिन्छ । आउनुहोस हामी पनि जानौँ– शरीरका कुन–कुन भागमा रहेका कालो कोठीहरूले के–के अर्थ लगाउँदा रहेछन त ?
कम्मरमा कोठी– कम्मरमा कालो कोठी भएका मानिसहरूले जीवनभरी समस्याहरूको पहाड छिचोलेर अगाडि बढ्नु पर्ने हुन्छ ।
पेटमा कोठी– पेटमा कोठी हुनेहरूले जहिले पनि मिष्ठान्न भोजनको इच्छा गर्छन् ।
ढाडमा कोठी– शरीरको पछाडिको भाग (ढाड)मा कोठी हुनेहरूले जीवनमा धेरै यात्राहरू गर्नुपर्ने हुन्छ ।
खुट्टामा कोठी– दाहिने खुट्टामा कोठी हुनेहरू बुद्धिमानी हुन्छन् । यदि देब्रे खुट्टामा कोठी छ भने त्यो व्यक्तिको धेरै खर्च गर्ने बानी हुन्छ ।
गर्धनमा कोठी– गर्धनमा कोठी हुनेहरू अत्यन्तै सुबिधा भोगी बन्न खोज्छन् । उनीहरूको जीवनमा धेरै सुख मिल्ने बताइन्छ ।
नाकमा कोठी– जो व्यक्तिको नाकमा कोठी हुन्छ, उसलाई विभिन्न कारणले धेरै यात्राहरू गर्नुपर्ने हुन्छ ।
हत्केलामा कोठी– दाहिने हत्केलामा कोठी हुनेहरू बलिया हुन्छन् भने देब्रे हातमा कोठी हुनेहरू धेरै खर्च गर्ने व्यक्तिमा पर्छन् ।
निधारमा कोठी– निधारमा कोठी हुनेहरू अत्यन्तै बलिया हुन्छन् । उनीहरू साहशिला र आँटिला हुन्छन् ।
आ“खामा कोठी– जुन व्यक्तिको दाहिने आँखामा कोठी हुन्छ, त्यो व्यक्तिले आफ्नो जीवनसाथीलाई अत्यन्तै माया गर्छ भने देब्रे आँखामा कोठी भएको व्यक्तिले आफ्नो जीवन साथीसँग झगडा गर्ने गर्छ । उनीहरूको जीवन खुसी र सुखी तरिकाले जान सक्तैन् ।
गालामा कोठी– जुन व्यक्तिको दाहिने गालामा कोठी हुन्छ त्यो व्यक्ति धनवान भएको मानिन्छ । उसले आफ्नो पैतृक सम्पत्तीमा राज गर्न पाउँछ भने जसको देब्रे गालामा कोठि हुन्छ त्यस्तो व्यक्तिको जीवनमा खर्च बढि रहन्छ ।
ओठमा कोठी– ओठमा कोठी हुनेहरू जहिले पनि काम बासनाको सोँचाइमा रहिरहन्छन् ।
कानमा कोठी– कानमा कोठी हुनेहरूको उमेर कम भएको मानिन्छ । यस्ता व्यक्तिहरू अल्पायुमै संसार छोड्नु पर्ने र धेरै समयसम्म नबाँच्ने पनि बताइन्छ ।
तिघ्रामा कोठी– दाहिने तिघ्रामा कोठी हुनेहरूलाई सधै मानप्रतिष्ठा मिल्ने हुन्छ । यस्ता व्यक्तिको समाजमा उच्च स्थान प्राप्त हुन्छ । देब्रे तिघ्रामा कोठी हुनेहरू बढी झगडालु हुने संकेत गर्दछ ।
छातिमा कोठी– दाहिने छातिमा कोठी हुनेहरूले आफ्नी पत्नीसँग अत्यन्तै प्रेम गर्ने देखाउँछ भने देब्रे छातिमा कोठी हुने पुरुषले सधैँ केहि न केही बहानामा आफ्नी पत्नीसँग झगडा गर्ने जनाउँछ ।
(एजेन्सीहरूबाट)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । राष्ट्र बैंकको

काठमाडौं । २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले)ले स्याङ्जाका दुवै निर्वाचन क्षेत्र जितेको

काठमाडौं । स्थानीय निर्वाचनमा जस्तै प्रदेश र प्रतिनिधिसभा चुनावमा पनि एमाले एक्लो हुने भएको