back
CTIZAN AD

घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका चौधरी निर्वाचित

वि.सं.२०७९ जेठ ५ बिहीवार

897 

shares

दाङ । दाङको घोराही उपमहानगरपालिकाको मेयरमा भारी मतसहित एमालेका नरुलाल चौधरी निर्वाचित भएका छन् ।

२०७४ मा मेयरमा निर्वाचित भएका चौधरीले दोस्रोपटक पनि उपमहानगरको मेयरमा जित हासिल गरेका हुन् ।

चौधरीले ३१ हजार ७२८ मत ल्याएर घोराही उपमहानगरको मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्धन्द्धी सत्ता गठबन्धनबाट माओवादी केन्द्रको उम्मेदवार रहेका हेमराज शर्मा (डायमण्ड) ले २६ हजार ३६८ मत प्राप्त गरेका छन् । विजयी चौधरीले शर्माले भन्दा ५,३३० मत बढी ल्याएका थिए ।

त्यसैगरी नगर उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी भएकी छन् । डिसीले भुपबहादुर डाँगीलाई ४९ मतले पछि पार्दै विजयी भएकी हुन् । डिसीले ३,४०३ मत प्राप्त गर्दा डाँगीले ३,३५४ मत प्राप्त गरेका थिए ।

घोराहीका १९ वडामध्ये एमालेले १३ तथा सत्ता गठबन्धनबाट कांग्रेसले ५ र माओवादीले १ वडा जितेको छ । घोराहीमा काँग्रस, माओवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका थिए ।

 

वि.सं.२०७९ जेठ ५ बिहीवार ०८:१२ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

कक्षा १२ को नतिजा कसरी हेर्ने ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशन...