back
CTIZAN AD

लुम्बिनीका ७७ स्थानीय तहको मत परिणाम, कांग्रेस ३२, माओवादी २१ र एमाले २० स्थानमा विजयी (सूचीसहित)

वि.सं.२०७९ जेठ ५ बिहीवार

978 

shares

काठमाडौं । लुम्बिनी प्रदेशका ७७ स्थानको मत परिणाम सार्वजनिक भएको छ । हालसम्म ७७ स्थानीय तहको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३२ स्थानमा विजयी हासिल गर्दै पहिलो दल बनेको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले २१ स्थानमा जित हासिल गरेर दोस्रो बनेको छ भने एमालेले २० स्थानीयतको नेतृत्व पाउन सफल भएको छ । साथै राष्ट्रिय जनमोर्चाले २ र जसपाले २ स्थानीय तहमा जित हासिल गरेको छ ।

हालसम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले गुल्मीका दरबार गाउँपालिका, गुल्मी रेसुंगा नगरपालिका, मदाने गाउँपालिका, ईस्मा गाउँपालिका, कालिगण्डकी गाउँपालिका, पाल्पाको रैनादेवी छहरा गाउँपालिका, रामपुर नगरपालिका, तानसेन नगरपालिका, प्यु्ठानको ऐरावती र स्वर्गद्धारी गाउँपालिका, दाङको राजपुर, बबई, दंगीशरण र शान्तिनगर गाउँपालिका तथा लमही नगरपालिकाको प्रमुखमा जित हासिल गरेको छ ।

त्यसैगरी बाँकेको डडुवा र राप्ती सोनारी गाउँपालिका, बर्दियाको बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका, बारबर्दिया गाँउपालिका र मधुवन नगरपालिका, रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, मायादेवी गाउँपालिका र कञ्चन गाउँपालिका, रोल्पाको गंगादेव गाउँपालिका र रुन्टीगढी गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिका, छत्रदेव गाउँपालिका र गरी २१ स्थानमा विजयी भएको छ ।

त्यसैगरी माओवादी केन्द्रले रोल्पाको थवाङ गाउँपालिका, रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, सुनिल स्मृति गाउँपालिका, लुङ्ग्री गाउँपालिका, माडि गाउँपालिका, सुनछहारी गाउँपालिका, गुल्मीको चन्द्रकोट गाउँपालिका, धुर्कोट गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, मालिका गाउँपालिका, रुकुम पूर्वका पुथा उत्तरगंगा गाउँपालिका, सिस्ने गाउँपालिका, भुमे गाउँपालिका, दाङको बंगलाचुली गाउँपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, प्यूठानको प्युठान नगरपालिका, माण्डवी गाउँपालिका, पाल्पाको रिब्दीकोट गाउँपालिका, बर्दियाको राजापुर गाउँपालिकाको प्रमुखमा जित हासिल गरेको छ ।

त्यस्तै एमालेले दाङको घोराही उपमहानगरपालिका, रुपन्देहीको देवदह नगरपालिका र ओमसतिया गाउँपालिका, पाल्पाको पुर्वखोला गाउँपालिका, तिनाउ गाउँपालिका, माथागढी गाउँपालिका, निस्दी गाउँपालिका, बगनासकाली गाउँपालिका, गुल्मीको छत्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, मुसिकोट नगरपालिका, प्युठानको सरुमारानी गाउँपालिका, नौबहिनी गाउँपालिका, अर्घाखाँचीको सन्धीखर्क नगरपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिका, रोल्पाको त्रिवेणी गाउँपालिका, बर्दियाको बासगढी नगरपालिका, कपिलवस्तुको कपिलवस्तु नगरपालिका, बाणगंगा नगरपालिका तथा नवलपरासी पश्चिमको सरावल गाउँपालिका प्रमुखमा विजयी भएको छ ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाले प्युठानको मल्लरानी गाउँपालिका र अर्घाखाँचीको भुमिकास्थान नगरपालिका र जनता समाजवादी पार्टीले कपिलवस्तुको कपिलवस्तु नगरपालिका र रुपन्देहीको रोहिणी गाउँपालिका प्रमुखमा जित हासिल गरेको छ ।

 

 

 

वि.सं.२०७९ जेठ ५ बिहीवार ०९:१२ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...