back
CTIZAN AD

गोरखाको पालुङटारको मेयर–उपमेयरमा माओवादी केन्द्रका चिन्तन र पाण्डे विजयी

वि.सं.२०७९ जेठ ५ बिहीवार

1.2K 

shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई आफ्नै गृहनगर गोरखाको पालुङटारमा धक्का लागेको छ ।

गोरखाका अधिकांस स्थानीयतहमा विजयी हुँदै आएको नेकपा माओवादी केन्द्रले अन्ततः पालुङटारको प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ । यो सँगै माओवादी केन्द्रले गोरखाका ७ स्थानीयतहको प्रमुख पदको नेतृत्वमा जित हासिल गरेको हो ।

May be an image of 8 people, people sitting, people standing and outdoors

बिहीबार बिहान प्राप्त परिणाम अनुसार पालुङटार नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विवस चिन्तन विजयी भएका छन् । उनले ६०७२ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका प्रेम बहादुर गुरुङले ५,७१७ मत प्राप्त गरेका छन् । साथै निर्वतमान मेयर समेत रहेका दीपकबाबु कँडेलले ४९९७ मत ल्याएर तेस्रो भएका छन् भने एमालेका हरि भट्टले ९४१ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपमेयरमा माओवादी केन्द्रकी उम्मेदवार बन्दना पाण्डे निर्वाचित भएकी छन् । पाण्डेले ५५७९ मत ल्याएर उपमेयरमा निर्वाचित हुँदा नेपाली कांग्रेसकी चेतकुमारी श्रेष्ठले ५०७७ मत ल्याएकी छन् । साथै जसपा र एमालेकी साझा उम्मेदवार पार्वतीदेवी पाठकले ४२८१ मत प्राप्त गरेकी थिइन् ।

वि.सं.२०७९ जेठ ५ बिहीवार ०९:४१ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...