back
CTIZAN AD

रोल्पाका दस पालिकामध्ये ७ पालिकामा माओवादी केन्द्र विजयी

वि.सं.२०७९ जेठ ५ बिहीवार

681 

shares

रोल्पा । रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका छन् ।

रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्ती प्रमुखमा विजयी भएका छन् । थापाघर्तीले सात हजार ६३० मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरे । उपप्रमुखमा गीता आचार्यले सात हजार ७४१ मत ल्याएर विजयी भएकी छन् । निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठले तीन हजार ७१९ प्राप्त गरेकी छन् ।

थबाङ गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार ऋषिकेशव बुढामगर अध्यक्षमा र उपाध्यक्षमा शर्मिला बुढामगर विजयी भएका छन् । ऋषिकेशव दुई हजार १२२ मतसहित निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्द्वी दर्जित रोकामगरले एक हजार ५०६ मत प्राप्त गरे । उपाध्यक्षमा शर्मिला बुढामगर दुई हजार १२२ मतले निर्वाचित भइन् ।

सुनिल स्मृति गाउँपालिकामा छ हजार ६२ मत ल्याई मणिराम बुढाथोकी विजयी भए । उपाध्यक्षमा मीना थापाले छ हजार ३७ मत ल्याएर निर्वाचित भइन् । सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका धनबहादुर पुनमगर तीन हजार ४३९ मतका साथ विजयी भएका थिए भने उपाध्यक्षमा ननकला घर्ती मगर तीन हजार ४९२ मत प्राप्त गरी निर्वाचित भइन् ।

माडी गाउँपालिकामा अमरसिंह घर्ती तीन हजार ८३० मतसहित विजयी बने । उपाध्यक्षमा जयपुरी घर्ती तीन हजार ९६६ मत प्राप्त गरी निर्वाचित भए । त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कणर्बहादुर बाँठामगर पाँच हजार ८५ मत लिई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रेशम पुन चार हजार ४६३ मत ल्याएर पराजित भए । उपाध्यक्षमा कांग्रेसका लेखमणि खड्काले चार हजार ५७६ मत ल्याई विजयी भए ।

त्यसैगरी गङ्गादेव गाउँपालिकामा नेपाली कांग्रेसका हरिबहादुर पुनमगरले अध्यक्षमा दुई हजार ५५७ मतका साथ अध्यक्ष पदमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा अमृता केसी वली दुई हजार ९०९ मतका साथ विजयी भए ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको एउटा पालिकामा खुम्चिएको कांग्रेसले यस पटक दुई पालिका जितेको छ । एमाले र माओवादीले जितेका पालिकामा यसपालि कांग्रेसले जित निकालेको हो । यसपटकको रुन्टीगढी गाउँपालिका एमालेले गुमाएको छ ।माओवादी केन्द्र र समाजवादीले केही पालिकामा गठबन्धन गरेका थिए । अधिकांश पालिकामा एमाले, कांग्रेस, विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको थियो ।

वि.सं.२०७९ जेठ ५ बिहीवार ०७:४८ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...