back
CTIZAN AD

भ्रष्टाचार नगर्ने भन्दै देउताको घण्ट छोएर नगर प्रमुखले गरे पदभार ग्रहण

वि.सं.२०७९ जेठ १० मंगलवार

633 

shares

मुगु संसारन्यूज । मुगुको छायाँनाथ रारा नगरपालिकाका नवनिर्बाचित नगरप्रमुख बिष्णु कुमार भामले मुगुको प्रशिद्ध देउता थार्प मष्टो ऋणीमक्ष माइ र छायाँनाथ ठाकुरज्यूको घण्ट छोएर जनतालाई दुःख कष्ट नदिने। भ्रष्टचार नगर्ने तथा कुनै पनि कामका लागि कमिसन नखाने बताएका छन् ।

‘टेवलमा राखेको देउताको घण्ट छोएर भने नमुना नगर बनाउने मेरो इच्छा छ । म राज्यको बजेटमाथि नजर लगाउने छैन जनतालाई दुःख कष्ट दिने छैन ।’ उनले भने ।

३२ बर्षमै नगर प्रमुख
मुगुको एकमात्र छायाँनाथ रारा नगरपालिकामा यो पटक कलिला प्रमुख उपप्रमुखले प्रबेश गरेका छन् ।
उचाइ र उमेर उस्तै भएका कलिला युवायुवतीले नगरको जिम्मेवारी समाल्दा कर्मचारी नागरिक अगुवा र स्थानीयका लागि चासोको बिषय बनेको छ । नगरपालिका–४ भामबाडा गाउँका बिष्णु कुमार भाम ३२ बर्षमै कांग्रेस पार्टीबाट नगर प्रमुख बनेका छन् ।

एइइ पास गरेका उनी २८ बर्षको उमेरमा वडाअध्यक्ष जितेका थिए । नेबिसंघबाट राजनीतिक यात्रा सुरु गरेका उनी अहिले पार्टीबाट नगर प्रमुखको टिकट पाएर बिजयी भएका छन् । वडाअध्यक्षको ५ बर्षे कार्यकालमा भामले आफनो पारिश्रमिक बजेट १ देखि १४ वडाका गरिव दलित जेहेन्दारलाई बितरण गरि जनमुखी काम गरेको हुँदा यो पटक स्थानीय निर्बाचनमा सजिलै नगर प्रमुख जितेका छन् ।

यहाँका चारवटा स्थानीयतहका अध्यक्षदेखि पालिका प्रमुख दोहोरिन सकेनन भने कलिलो उमेरका भाम वडाअध्यक्षबाट नगरप्रमुख बनेका छन । ‘वडाअध्यक्ष हुँदा भामले जनमुखी काम गरेकोले अहिले जनताले नगर प्रमुखमा जिताए ।’ नागरिक अगुवा रुपबहादुर मल्लले भने, ‘जनतालाई बिकासप्रेमी ब्यक्तिको खाँचो छ ।’

वडाअध्यक्ष हुँदा उनले एक रुपैयाँ अनियमितता नगरि उल्टै नगरबाट पाएको सेवा सुबिधा गरिवलाई बाँडन घरदैलो पुगेका थिए । ५ बर्षे नगर प्रमुखको कार्यकालमा प्राप्त गरेको सेवासुबिधा गरिवलाई बितरण गर्ने भामले प्रतिबद्धता जाहेर गरि सकेका छन् । आफनो पारिश्रमको बजेटबाट वडा नं १ देखि १४ मा बिरामी बोक्ने एम्बुलेन्स दिने उनले चुनावमै सार्बजनिक गरिसकेका छन् । त्यति मात्र नभएर नगरका हरेक घरमा बिद्युत बिस्तार ग्रामिण सडक ग्राबेल तथा गरिव दलित तथा विपन्नहरुको आयआर्जनका लागि काम गर्ने बताएका छन् ।

‘मलाई पैसाको कुनै लोभ छैन । जनताको सेवा नै धर्म सम्झेर सेवा प्रवाह गर्छु’ उनी भन्छन् ‘प्रदेश र संघीय सांसदसम्म पुग्ने मेरो इच्छा भएकोले जनमुखी काम बिपरित कुनै पनि काम नगर्ने र कर्मचारीलाई पनि गर्न दिन्न ।’

त्यस्तै नगरपालिका–१ श्रीनगर गाउँकी ऐश्वर्य मल्ल पनि ३१ बर्षमै उपप्रमुख बनेकी छन् ।

कक्षा १२ पास गरेकी उनी नेपाली कांग्रेसको १४ औं महाधिबेशनमा जिल्ला कार्य समितिको सदस्यमा जितेर राजनीतिक यात्रा प्रारम्भ गरि यो पटकको स्थानीय चुनावमा नगर प्रमुख बनेकी हुन् ।
आफनो ५ बर्षे कार्यकालमा न्यायिक समितिलाई शसक्त बनाउने तथा गाउँबस्तीका मुद्दा मामिला अदालत प्रहरी कार्यालय जान नदिने उनको भनाई छ ।

ऐश्वर्य भन्छिन–‘अनुगमनलाई प्रभावकारी बनाई भ्रष्टाचार न्यूनिकरणका कदम चाल्ने योजना बनाएकी छ्,’ उनले भनिन्– ‘नगर उपप्रमुखमै मेरो यात्रा समाप्त हुने काम गर्र्दिन ।’
आफ्नो राजनीतिक यात्रालाई दिगो बनाउन जनमुखी सेवा प्रबाहमा बिशेष ध्यान दिने स्थानीयका कामकाज सर्बसुलभ छिटो छरिता ढंगले अघि बढाउने तथा महिला सशक्तिकरणमा ध्यान दिने उनको भनाई छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार १५:१४ मा प्रकाशित

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी

लिस्बन (पोर्चुगल) । वैदेशिक रोजगारीका क्रममा पोर्चुगल पुगेका एक नेपाली...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण...

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

रिमालको जेनजी कविता सङ्ग्रह ‘लाभा’ प्रकाशित

काठमाडौँ । साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...