
काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।
निर्वाचन आयोगको अपडेटअनुसार हालसम्म ८०.२४ प्रतिशत अर्थात् १ लाख ५३ हजार ३ सय मतगणना सकिएको । आयोगका अनुसार अब ३७ हजार ७५१ मत गन्न बाँकी छ ।
३७ हजार ७५१ मत गन्न बाँकी हुँदा मेयरका उम्मेदवार बालेनले निकटमत प्रतिस्पर्धीले भन्दा १९ हजार १९ मतले अग्रता लिएका छन् । मतगणना जारी रहेका अधिकांश वडामा पनि बालनेको बलियो अग्रता देखिन्छ । १९ हजार बढीको मतान्तरलाई हेर्दा उनको जित स्वभाविक देखिएको हो ।
आयोगको अपडेटअनुसार हालसम्म गठबन्धनको तर्फबाट मेयरकी उम्मेदवार सिर्जना श्रेष्ठले ३१ हजार ७३१ मत पाएकी छिन् । उता एमालेको तर्फबाट मेयरका उम्मेदवार केशव स्थापितले ३१ हजार ४४ मत पाएका छन् ।