back
CTIZAN AD

पोखरामा विवाद : एमाले नआएपछि रोकियो मतगणना

वि.सं.२०७९ जेठ १० मंगलवार

870 

shares

पाेखरा । नेकपा एमालेका प्रतिनिधि मत गणना स्थलमा नआएपछि पोखराको मतगणना स्थगित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पटक पटक प्रतिनिधि पठाउन आग्रह गरे पनि मानेका छैनन् ।

एमालेले १८ नम्बर वडाको पुनः मतगणना सुरू नहुँदासम्म आफ्ना प्रतिनिधि नपठाउने जनाएको छ । “१८ नम्बर वडामा हामी तीन मतले हारेका छौं । त्यहाँ नौ मत हराएको छ”, एमालेका पोखरा महानगर कमिटी सचिव जीवन आचार्यले भने, “१८ को विवाद नसकिएसम्म बाँकी रहेको वडाको गणना अघि बढ्न सक्दैन । हामीले प्रतिनिधि पठाउदैनौं ।”

पोखरामा अहिले ३ वडाको मतगणना चलिरहेको छ । अन्तिम नतिजा आएका ३० वडामध्ये कांग्रेसले २१ र एमालेले ९ वडामा चुनाव जितेको छ । मेयरमा भने गठबन्धनका उम्मेदवार धनराज आचार्य र उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङले चुनाव जितिसकेकी छिन् ।

यद्यपि, औपचारिक घोषणा हुन बाँकी छ । गणना चलिरहेको वडा नम्बर २२, ३२ र ३३ मा पनि गठबन्धन उम्मेदवारहरूले अग्रता लिएका छन् । वडा नम्बर १८ मा तीन मतले कांग्रेस उम्मेदवार विजयी भएका छन् । यसअघि एमालेले १८ को पुनः गणनाको मागसहित निवेदन दिएको छ । निवेदन उपर छलफल चलिरहेको छ ।

वि.सं.२०७९ जेठ १० मंगलवार १४:१४ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

प्रधानमन्त्रीले संसदमा दिनुपर्ने जवाफ अर्थमन्त्रीले दिने

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको तर्फबाट संसद्मा अर्थमन्त्री डा. स्वर्णिम...

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं। जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार भएका वन्यजन्तु अपराधसम्बन्धी...

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

बंगलादेशका राजदूतद्वारा सभामुख डोलप्रसाद अर्यालसँग शिष्टाचार भेट

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार...

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

सिक्टा सिँचाइ आयोजनाले नियमित पानी छोड्न थालेपछि खुसी छन् किसान

राँझा (बाँके) । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले नहरमा नियमित...