Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

समाजवाद उन्मुख बजेटको अपेक्षा गर्दै खनालले दिए १६ बुँदे सुझाव



काठमाडौं । पेशागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनालले आर्थिक वर्ष २०७९/८० को बजेट कार्यक्रमका लागि १६ बुँदे सुझाव दिएका छन् ।

भोली जेठ १५ गते हुने बजेट भाषणको पूर्वसन्ध्यामा खनालले १६ बुँदे सुझाव दिएका छन् ।

यस्तो छ खनालको सुझाव

जेष्ठ १५ गते बजेट आउदैछ । सरकारले बजेट अन्तिम लेखन गर्दै गरेको अबस्थामा आगामी बजेट समाजवाद उन्मुख बजेट निर्माण गर्न ध्यान दिनु पर्दछ । आगामी ४–५ बर्ष भित्र सम्पन्न गर्ने गरि क्रमागत बजेट तर्जुमा गरिनुपर्छ ।

१.सबै पालिकाका वडास्तरमै १–१ वटा सार्बजनिक मा.बि.हरु गुणस्तरीय ढङ्गले शिक्षा प्रदान गर्ने गरि पुर्बाधार बिकास गर्ने र स्थायी र तालिम प्राप्त शिक्षक कर्मचारी हुने गरि बजेटको बिनियोजन ।

२. हरेक जिल्लामा १–१ वटा सरकारी बहुमुखी क्याम्पस स्थापना, सरकारी क्याम्पसहरुको सुधार र स्तरोन्नती, सामुदायिक क्याम्पसहरुको क्षमता विकासमा योगदान र सबै क्याम्पसमा अध्यापन र अनुसन्धान गराउन सक्ने तालिम प्राप्त स्थायी प्राध्यापक हुनेगरी नेपाललाई एजुकेशन हवको रुपमा बिकास गर्ने गरि क्रमागत बजेटको बिनियोजन ।

३. हरेक गाउँपालिकास्तरमा नै स्वास्थ्य उपचार गर्ने गरि पर्याप्त डाक्टर, नर्स, लेब्रोटरी र ओैषधी सहित स्वास्थ अस्पतालहरुको स्तरोन्नती ।

४-हरेक पालिका केन्द्रसम्म पुग्ने गरि मोटरबाटोको स्तरोन्नती र सुबिधा सम्पन्न विधुतीय साझा यातायात बससेवाको थालनी ।

५-हरेक गाउपालिकास्तरमा खाध आपूर्ति केन्द्र, कृषि सामाग्री, बिउबिजन बिक्री केन्द्र, दुग्ध संकलन केन्द्र, ओैषधी लिमिटेड जस्ता सार्वजनिक संस्थानका सेवाहरु बिस्तार गर्नेगरी संघ, प्रदेश र स्थानीय सरकारहरूको शेयर स्वामित्व हुनेगरी सार्बजनिक संस्थानहरुको पुनसंरचना गरेर Bail–out गर्ने नीति तथा कार्यक्रम ।

६-हरेक गाउपालिका एक ओैधोगिक ग्राम, हरेक जिल्ला एक ओैधोगिक केन्द्र र हरेक प्रदेश मेघा उधोगहरुको स्थापना र ओैधोगिक केन्द्रहरुको नियमन, अनुगमन र ब्यबस्थापन गर्न अधिकार सम्पन्न ओैधोगिक प्राधिकरणको गठन ।
७ सीप र पुंजीबिहिन युवा बेरोजगारलाई सीप बिकास तालीम र ब्यबसाय संचालन गर्न बैकहरुबाट सस्तोदरको कर्जा प्रवाह ।

८-उधोग र किसानहरुबाट उत्पादित बस्तुको वजारको सुनिश्चितता गर्न हरेक पालिकाका वडाहरुमा संघ सरकार र स्थानीय सरकारको लगानीमा १।१ वटा सहकारी संस्थाहरुको स्थापना र बिक्रीवितरणको ब्यबस्था ।

९-बिकाश खर्चमा समेत केही न केही योगदान पुग्ने गरि पूर्वाधार बिस्तार गरि राजश्व बृद्दिको योजना, आम्दानी गर्ने सबैलाई Tax net मा ल्याउने, कर छुट कसैलाई नि नदिने । रुपैयाँ भए नी कर तिर्न नागरिकलाई प्रोत्साहित गर्ने गरि प्रगतिशिल कर प्रणाली लागु गर्ने, लक्ष्य भन्दा बढी राजश्व असुल गर्ने कार्यालयका सबै कर्मचारीलाई पनि आकर्षक तवरले पुरस्कृत गर्ने, कर बक्यौता नराख्ने, राखेमा सम्बिन्धत पक्ष दण्डनीय हुने ब्यबस्था गर्ने ।

१०- सरकारी कार्यालयमा महंगो गाडी, मोटरसाईकल खरिद र मर्मत बापत हुने ठुलो खर्च रकम घटाउन सुबिधाजन्य साझाबसबाट माथिल्लो तहका अधिकारी देखी तल्लो तहसम्मका कर्मचारी ओसारपसारको ब्यबस्था ।

११-सरकारी कार्यालयको सामान र बिकाश आयोजनाका लागि आबश्यक पर्ने निर्माण सामाग्री सोझै उत्पादक कम्पनीबाट खरिद, केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भणडारण र बितरणको ब्यबस्था ।

१२-श्रमिक कर्मचारीका लागि जीवन निर्वाह गर्न पुग्ने तलबमान निर्धारणका लागि उच्चस्तरीय आयोग गठन, निम्न आय भएका जनता र श्रमिक कर्मचारी लाई रासन कार्डको ब्यबस्था र सहकारी संस्थाहरुबाट बिक्रीवितरणको व्यवस्था ।
१३- श्रम क्षेत्रको व्यवस्थापन गर्न अधिकार सम्पन्न राष्ट्रिय श्रम आयोगको गठन, श्रम बजारको सहि तथ्यांक राख्न हरेक पालिकामा श्रमिक पंजीकरणको ब्यवस्था र सामाजिक सुरक्षामा नआएका श्रमिकका लागि सरकारले योगदान गरेर सामाजिक सुरक्षामा ल्याउने गरि बजेट विनियोजन ।

१४-सेवा निबृतराष्ट्र सेवकलाई यातायात र उपचारमा विशेष छुट, समय सापेक्ष पेन्सन बृद्दि, रासन कार्ड र सामाजिक सुरक्षाका रकमहरुमा आयकर गणना नगर्ने ब्यबस्था ।

१५-बिकास निर्माणका योजना तर्जुमा, बजेट खर्च स्थानीय सरकार र प्रदेश सरकारबाट गर्ने र सांसदहरुलाई बिकासका कामको अनुगमन गर्ने, जनताका समस्या सघन ढंगले संसदमा उठाउन पाउने गरि ब्यबस्था गर्ने, सांसदहरुलाई असल बिधायक बन्न सक्ने गरि क्षमता बिकास गर्ने नीति तथा कार्यक्रम ।

१६- सरकारी कार्यालयमा स्वदेशी उधोगबाट उत्पादित वस्तुको प्रयोग, सबै राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिलाई अनिवार्य रुपमा स्वदेशी उधोगबाट उत्पादित कपडा पोशाकको रुपमा लगाउने व्यवस्था

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा