back
CTIZAN AD

प्रचण्ड भन्छन् – हामी संसदमा छौं तर संसदवादी होइनौं

वि.सं.२०७९ जेठ १८ बुधवार

708 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा माओवादी केन्द्र संसदमा भए पनि संसदवादी नभएको बताएका छन् । नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन केन्द्रीय कार्यालयले बुधबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले आफूहरुलाई संसदवादी नभन्ने र नमान्ने तर बहुदलीय प्रस्पिर्धालाई स्वीकार गर्ने बताएका छन् । बहुदलीय प्रतिस्पर्धालाई स्वीकार गरे पनि संसदवादलाई स्वीकार नगरेको उनले बताए । पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन यो ‘स्टेप’बाट जानुपर्ने भएकाले यतातिर लागेको उनको भनाइ छ । यो प्रक्रियालाई सदुपयोग गरेर अघि बढ्नमा मात्रै खोजेको हो । तर, यसबीचमा हामीमा देखिएको कार्यशैली र आचरण हाम्रो उदेश्यसँग मिलेको छैन । उनले भने, ‘यही विन्दुबाट हामी सुध्रिनु पर्छ ।’

उनले पछिल्लो पाँच वर्षमा पार्टीको भूमिका असाध्यै कमजोर भएको पनि बताए । पार्टीको राजनीतिक वैचारिक उदेश्य के हो ? हाम्रो पार्टीको पहिचान के हो भनेर जनप्रतिनिधिलाई बुझाउन अभिमुखिकरण आयोजना गरेको बताए । कार्यक्रममा उनले पार्टीमा क्रमशः पहिचानको संकट समेत आएको समेत बताए । उनले भने, ‘हाम्रो दस्तावेजमा हामी क्रान्तिकारी हाँै भनेर त छ तर व्यवहारमा अरु पार्टी र हामीबीच पहिचान नै मेटिने अवस्था छ । कतिपय अवस्थमा माओवादी पार्टी अझै खराब छन्की भनेर जनतालाई परेको छ । तर, त्यस्तो होइनौँ । हामी विचारका हिसाबले उन्नत विचारको पक्षपोषण गर्छाैं । वैज्ञानिक समाजवाद र समाजवादी क्रान्तिका कुरा गरेका छौँ ।’

उनले नेकपमा माओवादी केन्द्रले उन्नत र सुसँस्कृत मानिसहरु उत्पदान गर्ने कुरामा जोड दिने गरेको बताए । पार्टी उत्पादन, उत्पादकत्व, श्रम र साँस्कृतिक रुपान्तरणको एकीकृत अभियान चलाएर समाजवादका भ्रुणहरू गाउँगाउँबाट, टोलटोलमा बनाउनुपर्छ भनेर लागेका बताए । उनले भने, ‘तर, जनताले हामीलाई युद्धकालमा जसरी लिन छाडेका छन् । पहिला हामी जनतासँगै थियौँ उनीहरूले गर्वका साथ हाम्रो रक्षक भनेर पत्याउथेँ । अहिले हामी जनयुद्धमा पनि छैनौं, शन्तिपूर्ण बाटोबाट समाजवाद ल्याउने बाटोमा छौं । अब जनताले हामीलाई चिन्ने भनेको जनप्रतिनिधिको कामले मात्रै हो । जनताले तपाईहरूलाई नै माओवादीका रुपमा हेर्ने गर्छन् । अरु ठूला नेतालाई पनि जनताले हेर्दैनन् । आफ्नो आचरण व्यवहारबाट जनतालाई खुसी पार्नुहोस् ।’

कार्यक्रममा माओवादीबाट देशभरमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखको सहभागीता थियो । माओवादी केन्द्रले देशभरबाट एक सय २१ प्रमुख र एक सय २८ उप्रमुखमा जितेको छ ।

वि.सं.२०७९ जेठ १८ बुधवार १५:५६ मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...