back
CTIZAN AD

सरकारद्धारा आठ ठेकेदार माथी कडा स्पष्टीकरण माग

वि.सं.२०७९ जेठ १९ बिहीवार

681 

shares

काठमाडौं । सरकारले आठ ठेकेदार कम्पनीहरुलाई स्पष्टीकरण माग गरेको छ । नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल, काठमाडौंले विहिबार एक सूचना जारी गर्दै कम्पनीहरुले स्पष्टीकरण नदिए कालो सूचीमा राख्ने जनाएको हो ।

यस अघिनै कम्पनीहरुले कालो सूचीमा राख्न नपर्ने आधार प्रमाण भए सूचना प्रकाशित भएको मितिले ३०(तीस) दिनभित्र सार्वजनिक खरिद लिखित स्पष्टीकरण पेश गर्नु पर्ने भनी कम्पनीहरुको ठेगानामा सूचना पठाउदा समेत हालसम्म स्पष्टीकरण नदिएकाले पुनः सूचना प्रकाशन गरिएको कार्यालयले जनाएको हो । सूचनामा कम्पनीहरुलाई ७(सात) दिनभित्र सार्वजनिक खरिद कार्यालयमा लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरिएको छ ।

स्पष्टीकरण दिनु पर्ने कम्पनीहरुमा श्री आकाश एण्ड पवन कन्स्ट्रक्सन, भिमदत्त नगरपालिका–१८, कञ्चनपुर , श्री पी.यु. कन्स्ट्रसन, तुलसीपुर उपमहानगरपालिका –१२ दाङ, श्रीMuktinath Rupesh Construction and Suppliers Pvt.Ltd. हेटौंडा, मकवानपुर, श्री प्रवृक्षा निर्माण सेवा एन्ड सप्लायर्स प्रा.लि. सानीभेरी–०९, रुकुम, श्री सन्तुष्टि कन्ट्रसन, सिमकोट–५, हुम्ला, श्री Thokar/Niva/Layul J/V, तेमाल गा. पा. –०५, काभ्रेपलाञ्चोक , श्री Jagadamba Drilling Company, माहाराजगञ्ज –०५, कपिलवस्तु , श्री Dineshchandra R. Agrawal Infracon Pvt.Ltd. –Nargun Construction Company Pvt.Ltd.–Koshi & NeupaneNirman Sewa Pvt.Ltd. JV , बनस्थली, काठमाडौं रहेको सूचनामा उल्लेख छ ।

लिखित स्पष्टीकरण कार्यालयको इमेल ठेगाना :  motitoring.ppmo@gmail.com मा समेत पठाउन सकिने सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना: 

No description available.

वि.सं.२०७९ जेठ १९ बिहीवार १२:२९ मा प्रकाशित

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास आपूर्तिको...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...