काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् ।
मेयर साह अध्यक्ष प्रचण्डलाई भेट्न शनिबार बिहान खुमलटार पुगेका हुन् । उक्त भेटमा प्रचण्डले मेयर साहलाई बधाई दिदैं देश र जनतालाई केन्द्रमा राखेर काम गर्न सुझाव दिएका थिए भने मेयर साहले गठबन्धनबाट आफुले सहयोगको अपेक्षा गरेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री शेर बहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानसेनापती प्रभु राम शर्मालगायतका उच्च पदस्थलाई भेटेका मेयर साहले शनिवार विहानै अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।
वि.सं.२०७९ जेठ २१ शनिवार १०:४५ मा प्रकाशित






























