back
CTIZAN AD

सिटिजन्स बैंक र फोकसवानबीच भुक्तानी सेवा सम्झौता

वि.सं.२०७९ जेठ २१ शनिवार

762 

shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र फोकसवान प्रा.लि बिच कार्डमा आधारित भुक्तानी सेवा संचालन सम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा भुक्तानी सेवा प्रदायक, फोकसवानसँग कार्डमा आधारित स्क्यान टू पेरक्यू आर माध्यमवाट भुक्तानी गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर गरी सेवा प्रारम्भ गरेको हो ।

उक्त सेवा संचालनमा आएसंगै बैंकका कार्ड बाहकहरुले फोकसवानद्धारा संचालित मोको डिजिटल वालेटमा बैंकका डेबिट/क्रेडिट कार्डहरु लिङ्कगरि सोही कार्डहरुबाट खर्च हुने गरि बिभिन्न सेवाहरु जस्तै मोबाइल टपअप, इन्टरनेट, विद्युत, खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकट भुक्तानीलगायतका सेवाहरु प्रयोग गर्न सक्ने बैंकले जनाएको छ । यसै गरि बैंकका ग्राहकहरुले मोको वालेट मार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यू आर माध्यमवाट भुक्तानी समेत गर्न सक्ने बताइएको छ ।

सिटिजन्स बैंक लगायतका बिभिन्न बैंकहरु द्वारा प्रवर्द्धीत नेपाल पेमेन्ट सोलुसन(नेप्स) तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ्ग सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास बैंकले लिएको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षिततवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क, ई.के.वाई.सी.तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको जनाएको छ ।

वि.सं.२०७९ जेठ २१ शनिवार ११:२४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

सिटिजन्स बैंकको विशेष साधारण सभाः २ अर्ब बराबरको प्रिफेरेन्स शेयर जारी गर्ने निर्णय 

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८ औं विशेष साधारण...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...