back
CTIZAN AD

कविता : यो जिन्दगी

वि.सं.२०७९ जेठ २१ शनिवार

1.7K 

shares

अजय शर्मा,पङ्खाबारी, खर्साङ

यो जिन्दगी खै ! के जिन्दगी…
भित्तामा टाँसिएको निर्जीव पोस्टर जस्तै
एक तमासले हेरिरहन्छ,
न बोल्छ, न बोलाउँदा सुन्छ
अनौठो छ जिन्दगी
उदेक छ जिन्दगी
यो जिन्दगी खै ! के जिन्दगी ।

कहिले उन्नतिको हिमाल छुन्छु भनेर हुरिएर जान्छ,
आधा बाटोमा पुगेर फेरि
पाकेको कटहर जस्तै
जमीनमै बज्जारिन्छ जिन्दगी…
यो जिन्दगी खै ! के जिन्दगी ।

क्रिकेट म्याच जस्तै
यो जिन्दगी,
प्रत्येक आक्रमक बलको प्रहार झेल्नुपर्ने
घरि पुर्पुरोमा भेट्छ त घरि कुइनेटो लाग्छ
छेकवारको मुङ्ग्रो हातमा लिएर
संघर्ष गर्दा गर्दै पीर र मर्काको बलले
टङ्ग स्टम्पमा लागेर बोल्ड भै हाल्छ यो जिन्दगी,
लामो भोगाइ र थकानपछि
सेन्चुरी लाउन हान्दा ९९ मै आउट भए झैँ
जिन्दगी ।

९० मिनट घोडा जस्तै कुदेर गोल पोस्ट्मा गोल छिराउन लाग्दा
साइड म्यानले अप्साइडको सिटी फुके झैँ जिन्दगी,
आएको अड्चन र वाधाहरूदेखि फतक्क गलेर
थचक्क भए झैँ जिन्दगी,
यो जिन्दगी खै ! के जिन्दगी ।

खुला निलो आकाशमा पुच्छर र दुई पटिको
पखेटा हल्लाउदै मस्त भैइ उडिरहेको
चंगालाई अचानक अर्को चंगा धागोले चट्ट काट्दा
भौतारिदै दिशाहिन भएर
खुसिले जिउने अधिकार नै नभए जस्तो
अदृश्य भए झै यो जिन्दगी,
यो जिन्दगी खै ! के जिन्दगी ।

वि.सं.२०७९ जेठ २१ शनिवार ०९:११ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...