back
CTIZAN AD

लघुकथा : माया

वि.सं.२०७९ जेठ २१ शनिवार

1.2K 

shares

ममता मृदुल,विराटनगर, मोरङ
हाल काठमाडौं

यति धेरै माया नगर सम्बन्ध टुट्न सक्छ । बारम्बार राजाले भनेको सुनेकी छिन रानीले ।

छक्क पर्छु माया गर्दा सम्बन्ध टुट्छ झन उ अचम्म मान्थिन र भन्थिन । एकदिन सम्बन्ध सकिएको घोषणा गर्यो राजाले, रानी मौन बसिन् ।

राजा अगाडि बढ्यो । सम्बन्धका खातमाथि खात थप्दै गयो । खुसी आनन्दको खोजीमा निस्केको राजासँग सबै सम्बन्ध गास्थे । रानी एक्लै जीवनको रथ तान्न थालिन् । समय फेरि फर्कने छैन । दृष्टिकोण परिवर्तन हुने छैन रानीले सोचिन् ।

अस्पतालको शैथ्यामा सुतेको राजाका औला हाते फोनमा सल्बलायो । ‘रानी म वीर अस्पतालको सर्जीकल वार्डको सत्र नम्बर ।’ रानीले फोन काटिन् ।

‘गल्ती मेरै थियो अति माया गर्ने रानीको प्रेम बुझ्न सकिनँ !’ राजाको आँखाबाट तप्प–तप्प आँशु झरे । भित्ता पट्टी फर्किए राजा मनमा कुरा खेलाउँदै सुते ।

बिहानै ब्युझिए । एकपाटो सुतेको शरीर थाकेछ फर्किए । गोडामुनि सिरान पारेर स्टुलमा मस्त रानी निदाइरहेकी थिइन् ।

वि.सं.२०७९ जेठ २१ शनिवार ०९:०९ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...