back
CTIZAN AD

कविता : बूढो जेठ !!

वि.सं.२०७९ जेठ २१ शनिवार

888 

shares

कलानिधि दाहाल, काठमाडौं

उत्साहको यात्रा सकेर
सौन्दर्यका
आँखामा ताला लगाउँदै
एउटा निर्जन
पहाडको टुप्पोमा
पात जम्मै झरेर
हाँगा सिक्रा भएको
थोत्रो
अशक्त रुखझैँ
हाम्रा सामु
हाम्रै घरआँगनमा
भर्खर हो
लम्पसार परेको छ
–यो बूढो जेठ !
एका बिहानै
क्षितिज थुनेर
काला बादलले
चारैतिर
बाक्ला पर्दा
छोपेर भित्रभित्रै
षड्यन्त्रको आगो
निरन्तर वैँसन्छ
–यो बूढो जेठ !
भरदिन
पत्थरमाथि
पत्थर पगालेर
ज्वाला निकाल्दै
लाभाको
खेती गर्न उद्यत
मन अधर्मी
तन पापी
एकाएक
पीपको वर्षा गरेर
अपराधी मान्छेझैँ
घरैघर च्याइरहेछ
मुख बर्बराउने
रोगी मान्छेझैँ
–यो बूढो जेठ !
यौनउन्मादले ग्रस्त
प्रेयसी वसुन्धरा
–खोलेर
–मिल्काएर
–च्यातेर
हरिया सारी
वासन्ती पिपिरा
डुङ्डुङ्ती धुलोको
खरानी उडाएर
उरन्ठेउलो
तर रोगी गुण्डोझैँ
बलजफ्ती बलात्कारमा
लम्पसार परेको छ
–यो बूढो जेठ !

तैपनि
पत्थरमन
सुकेको तन
हटाएर वसन्तवन
जिङ्ग्रिङ्ग
शरीर खुइलिसकेर पनि
हड्डीबाट
बीस निकालेर एक्लै
गजधम्म
गठबन्धनको सरकारझैँ
टाट पल्टेर पनि
भएको ठान्ने श्रीलङ्काझैँ
साझा विनाशको सङ्घारमा
लम्पसार परेको छ
–यो रोगी बूढो जेठ !!

घाम सुकाएर
गरिवका वस्तीमा
पसिनाको बाढी बगाएर
अनाथ
अशक्तका निधारबाट
भ्रष्टाचारलिप्त नेताझैँ
घुसखोरलिप्त कर्मचारीझैँ
श्रमशोषणको सिंहासनमा
सिंहझैँ
नङ्ग्रा तेर्साएर
लम्पसार परिरहेछ
–यो बूढो जेठ !

हिँडौँ
–पाइताला पोल्छ
बसौँ
–शरीर जल्छ
पङ्खा चलाऊँ
चोया गाँसेर
–हप्हपी नसा जलाउँछ
–यो बूढो जेठ !
आँत परुङ्गा पशुका
–गोठाला चिन्तित छन्
पेटमा चारो छैन मान्छेमा
–अनुहार मलिन छन्
तैपनि
पत्थरमन
सुकेको तन
हटाएर वसन्तवन
जिङ्ग्रिङ्ग
शरीर खुइलिसकेर पनि
हड्डीबाट
बीस निकालेर एक्लै
गजधम्म
गठबन्धनको सरकारझैँ
टाट पल्टेर पनि
भएको ठान्ने श्रीलङ्काझैँ
साझा विनाशको सङ्घारमा
लम्पसार परेको छ
–यो रोगी बूढो जेठ !!

वि.सं.२०७९ जेठ २१ शनिवार ०९:०७ मा प्रकाशित

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

जनसांस्कृतिक महासङ्घ नेपालको संय‍ोजकमा भीम कुमाखी चयन

काठमाडौं । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलन भव्यतापूर्वक...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

चारु

चारु

भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १, कपिलवस्तु आउन पाएको छैन...

सुसेली

सुसेली

टेक बहादुर लौडारी भानु ४ , तनहुँ, ‌‌ आयो असार...

मुक्तक

मुक्तक

मल्ल लक्ष्मी श्रेष्ठ, बिर्तामोड झापा १, पटक पटक धोका दिन्छ...