back
CTIZAN AD

जथाभावी सरुवा गरेकोमा सङ्गठनको आपत्ति

वि.सं.२०७३ चैत ८ मंगलवार

747 

shares

८ चैत्र, काठमाडौं  । नेपाल निजामती कर्मचारी सङ्गठन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय विभागीय कार्य समितिले स्थानीय तहमा कर्मचारी सरुवा गरेको प्रति आपत्ति जनाएको छ ।

समितिका अध्यक्ष दिलबहादुर पौडेलले आज विज्ञप्ति प्रकाशित गरी पूर्वाग्राही तरिकाले बिनामापदण्ड मन्त्रालयले कर्मचारी सरुवा गरेको भन्दै आपत्ति जनाउनुभएको हो ।

निश्चित मापदण्ड बनाएर मात्र सरुवा गर्ने सहमति भएपनि मन्त्रालयले जथाभावी सरुवा गरेको उहाँले बताउनुभयो ।

विज्ञप्तिमा देश स्थानीय तहको निर्वाचनमा होमिएको अवस्थामा निर्वाचनको वातावरण बनाउने कर्मचारीलाई उत्प्ररित गरी आआफ्नो कार्य क्षेत्रमा खटाउनु पर्नेमा जथाभावी सरुवा गरेर आत्मबल कमजोर बनाउन खोजेको उल्लेख गरिएको छ ।

मन्त्रालयले ७४४ स्थानीय तहमा कार्यकारी अधिकृत पदका लागि कर्मचारी सरुवा गरेको थियो । रासस

वि.सं.२०७३ चैत ८ मंगलवार १४:०९ मा प्रकाशित

रास्वपा कास्की सभापतिमा अधिकारी

रास्वपा कास्की सभापतिमा अधिकारी

गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीको सभापतिमा यदुनाथ अधिकारी...

परराष्ट्रमन्त्रीको भारत भ्रमण :  नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

परराष्ट्रमन्त्रीको भारत भ्रमण : नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको...

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...