back
CTIZAN AD

टोनी हागनद्वारा लिखित ‘विकेन्द्रीकरण र अभ्यास’ पुस्तक सार्वजनिक

वि.सं.२०७३ चैत ८ मंगलवार

930 

shares

 ८ चैत, काठमाडौँ । स्विस विकास सहायताका प्रवर्तक टोनी हागनले लेख्नुभएको ‘विकेन्द्रीकरण र विकास’ नामक पुस्तक आज यहाँ सार्वजनिक भएको छ ।

विकास अभ्यासकर्ताका रुपमा उहाँले नेपाल र अन्य मुलुकमा रहेर काम गर्दाको अनुभव समेटिएको पुस्तक नेपालका लागि स्विट्जरल्यान्डका राजदूत जोर्ज फ्राइडेनले आज यहाँ आयोजित एक कायक्रममा सार्वजनिक गर्नुभयो ।

सो क्रममा राजदूत जोर्जले विकास प्रक्रिया र प्रजातान्त्रिक सङ्क्रमणबारे हागनले आफ्ना गहन विचार पुस्तकमा प्रस्तुत गरेको बताउनुभयो । उहाँले नेपाल विकेन्द्रकरणमा परिणत हुँदै गर्दा थुप्रै चुनौती व्यहोर्नुपर्ने उल्लेख गर्दै संविधानअनुसार खडा सात सय ४४ वटा स्थानीय तहलाई सञ्चालनलाई व्यवस्थित गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

त्यसैगरी टोनी हागनका छोरी डा काट्रिन हागनले प्रत्येक नागरिकले प्रजातन्त्रको अनुभव गर्न पाउनुपर्नेमा सधैँ विकास प्रवर्तक टोनीको विचार रहेको उल्लेख गर्दै प्रजातन्त्र भुइँतहबाटै उठ्नुपर्ने बताउनुभयो ।

सो अवसरमा टोनी हागन फाउन्डेसनका अध्यक्ष प्रा प्रमोदकुमार झाले विक्रेन्द्रीकरणले राज्यलाई जनताको नजिक ल्याउँछ भन्ने टोनीको तर्क रहेको उल्लेख गर्नुभयो ।

टोनी हागन फाउन्डेसनका लागि हिमाल किताबद्वारा प्रकाशित पुस्तक वसन्त थापाले नेपालीमा सम्पादन गर्नुभएको छ । रासस

वि.सं.२०७३ चैत ८ मंगलवार १४:१० मा प्रकाशित

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...