back
CTIZAN AD

सञ्चार मन्त्रालयअन्तर्गतका संस्था पुनर्संरचनाबारे यस्तो भयो छलफल

वि.सं.२०७३ चैत ८ मंगलवार

882 

shares

८ चैत,काठमाडौँ  । सङ्घीयताअनुरुप सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका निकायको पुनर्संरचनाका विषयमा बहस सुरु भएको छ ।

राष्ट्रिय आमसञ्चार नीति, २०७३ कार्यान्वयन सुझाव समितिले आज मन्त्रालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री सुरेन्द्रकुमार कार्कीले साझा नेपाल निर्माण गर्दा ग्रामीणस्तरका जनतालाई अधिकारसम्पन्न गराउने गरी मन्त्रालय मातहतका कार्यालयको पुनर्संरचना गरिनुपर्ने बताउनुभयो ।

“मधेसी दललाई स्थानीय तह र सङ्घ बलियो हुने तर प्रदेश कमजोर हुने चिन्ता छ, नेपालमा अन्तको जस्तो भन्दा पनि मौलिक किसिमको सङ्घीयता विकास गरिनुपर्छ”, उहाँले भन्नुभयो । सार्वजनिक सेवा प्रसारण (पिएसबी)का नकारात्मक पक्ष अध्ययन गरेर यस विषयमा अघि बढ्नुपर्ने मन्त्री कार्कीको भनाइ थियो । एक हप्ताभित्र मन्त्रालय मातहतका निकायलाई पुनर्संरचनाको खाका पेस गर्न उहाँले निर्देशन दिनुभयो ।

समितिका अध्यक्ष काशीराज दाहालले मन्त्रालयअन्तर्गतका निकायलाई सङ्घको ढाँचाभित्र कसरी समावेश गर्ने भनी सुझाव लिन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजीव गौतमले रेडियो नेपाल गठन गरिएको विकास समिति ऐनअनुसार १३९ समिति बनिसकेकाले हाललाई त्यसअनुरुप संस्था खोल्न बन्द गरिएको जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समिति (रासस)का नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपालीले राससले प्रदेशमा समाचार ब्यूरो स्थापना गर्ने बताउनुभयो । “समाचार बेचेर रासस टिक्न सक्ने अवस्थामा छैन, ब्यूरो स्थापनाका लागि कर्मचारी वृद्धि गरिनुपर्छ, सात सय ४४ स्थानीय तहमा रासस पुग्न नसके पनि एक सय ६५ निर्वाचन क्षेत्रमा पुग्न सक्छ, महानगर र उपमहानगरमा पनि रासस पुग्छ, राससलाई सूचना बंैकका रुपमा स्थापित गर्ने लक्ष्य छ”–उहाँले भन्नुभयो ।

गोरखापत्र संस्थानका महाप्रबन्धक सुशील कोइरालाले संस्थान ऐनमा बेच्न नसकिने सेयरको विषय रहेको उल्लेख गर्नुहुँदै सरकारकै मातहतमा रहने गरी नयाँ ऐन मस्यौदा गरिनुपर्ने बताउनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले हाल पाँच प्रदेशमा रेडियो नेपालबाट २१ भाषामा प्रसारण भइरहेको सुनाउनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक गोविन्द रोकाले वैशाख १ गतेदेखि कोहलपुरबाट पनि प्रसारणको तयारी भइरहेको जानकारी गराउनुभयो । नेपाल टेलिकमका उपप्रबन्धक सुरजसिंह थापाले क्षेत्रीय कार्यालयलाई प्रदेश कार्यालयमा रुपान्तरित गर्ने तयारी भइरहेको बताउनुभयो ।

मुद्रण विभागका महानिर्देशक शङ्कर अर्यालले सात प्रदेशमा वरिष्ठ मुद्रण अधिकृतको नेतृत्वमा कार्यालय स्थापनाको तयारी गरिएको बताउनुभयो ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले विभागलाई राष्ट्रिय सूचना केन्द्रका रुपमा स्थापना गरिने सोच अघि सार्नुभयो । मन्त्रालयका निमित्त सचिव रामचन्द्र ढकाल, पूर्वसहसचिव कविराज खनाल लगायतले सङ्घीयताअनुरुप मन्त्रालयअन्तर्गतका संस्था पुनर्संरचना गरिनुपर्ने विचार राख्नुभयो ।

मन्त्रिपरिषद्ले विसं २०७३ पुस ७ गते दाहालको अध्यक्षतामा सङ्घीयताअनुरुप मन्त्रालयअन्तर्गतका निकाय पुनर्संरचना गर्न समिति गठन गरेको थियो । रासस

वि.सं.२०७३ चैत ८ मंगलवार १४:२७ मा प्रकाशित

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

एसइई परीक्षामा उत्कृष्ट विद्यार्थीलाई एक लाख २० हजार पुरस्कार

म्याग्दी (बेनी) । माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) मा उत्कृष्ट हुने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...