back
CTIZAN AD

मल अभावमा धानको बीउ राख्न नपाउँदा किसान चिन्तित

वि.सं.२०७९ जेठ २५ बुधवार

720 

shares

गलेश्वर । म्याग्दीमा धान रोप्ने समय सुरु हुन लागिसक्दा पनि रासायनिक मलको अभावमा बीउ राख्न नपाउँदा कृषक चिन्तित बनेका छन् । दोस्रो पटक मकै गोड्ने (दोहो¥याउने) बेलामा मकैमा रासायनिक मल हाल्न नपाएका किसान अहिले धानको बीउ राख्ने बेलासम्म मल नपाउँदा समस्यामा परेको बेनी नगरपालिका २ का पदमपाणि शर्माले बताए ।

उनले भने, “मकै गोड्दा मल नपाएर हालिएन, अब धान रोप्ने बेला आउन लाग्यो, मलको अभावमा बीउ राख्न पाइएको छैन, यसरी त खेती गर्न नसकिने भइयो ।” अर्का किसान तिलबहादुर घर्तीले मकै गोड्ने बेला बेनीमा मल नपाएपछि त्यत्तिकै मकै गोडेको बताए, “बर्सेनि मलको अभाव हुन्छ, तर सरकारले कृषकको समस्याप्रति ध्यान दिएको पाइएन ।” उनले असारको दोस्रो साताबाट धान रोप्ने तयारी गरेका छन् । अहिले धानको बीउ राख्ने बेला भए पनि मल नपाउँदा सास्ती भएको उनले बताए । “अहिलेसम्म मल पाउने सुरसार छैन, के गर्ने कसो गर्ने अलमल परेको छु”, उनले भने ।

मल खरिद गर्न तीन/चार पटक बजार धाउँदा मल नपाएको भकिम्ली तोराखेतका डिलबहादुर सापकोटाले बताए । “रासायनिक मल नपाए पछि गोबर मल नै प्रयोग गरेर हिजो बीउ राखेँ, चाहिएको बेला मल कहिल्यै पाइँदैन, कृषकको समस्या कहिल्यै समाधान हुने भएन”, सापकोटाले भने ।

धान रोप्ने बेला डिएपी र गोड्ने बेला युरिया मल प्रयोग गरिन्छ । वर्षौदेखि रासायनिक मल हालिरहेको खेतबारीमा गोबर मल मात्रैले काम नगर्ने किसान बताउँछन् । म्याग्दीमा वार्षिक एक हजार दुई सय मेट्रिक टन युरिया मल आवश्यक पर्ने कृषि प्राविधिकको भनाइ छ ।

वि.सं.२०७९ जेठ २५ बुधवार १२:४५ मा प्रकाशित

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...