back
CTIZAN AD

फोहोरभित्र राजनीति : महानगरकाे पहलप्रति मन्त्रालयमा जम्मा भएर नेताहरुले गरे विरोध

वि.सं.२०७९ जेठ २७ शुक्रवार

831 

shares

काठमाडौं । उपत्यकाको फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरले प्रभावित क्षेत्रका स्थानीयसँग गरेको सहमतिप्रति राजनीतिक नेतृत्व तहबाट विरोध भएको छ । बिहीबार मध्यराति भएको सम्झौताप्रति शुक्रबार बिहान शहरी विकास मन्त्रालयमा जम्मा भएका प्रभावित क्षेत्रका सांसद तथा नेताहरुले विरोध जनाएका हुन् ।

मध्यराति सम्झौता भएको प्रति शुक्रबार बिहानै शहरी विकास मन्त्रालयका जम्मा भएका काठमाडौं, नुवाकोट र धादिङका सांसद तथा नेताहरुले सम्झौता सर्वस्वीकार्य खालको नभएको भन्दै विरोध जनाएका हुन् । बैठकमा उपस्थित सबैजसो नेताहरुले महानगरले एकपक्षीय रुपमा सम्झौता गरेको भन्दै आपत्ति जनाएको बैठकमा सहभागि ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले जानकारी दिएका छन् ।

“काठमाडौं महानगरले मध्यराति सम्झौता गरेछ, बिहानैदेखि शहरी विकास मन्त्रालयमा सोही विषयमा छलफल थियो”, बैठकबारे संसार न्यूजसँग कुराकानी गर्दै ललितपुरका मेयर महर्जनले भनेका छन्, “तर, तीन घण्टा बढी चलेकाे बैठक निकासमूलकभन्दा पनि एकले अर्कोको विरोध गर्ने खालको मात्रै देखियो, कसैले कसैलाई विश्वास गरेको देखिएन । महानगरले गरेको सम्झौता गलत भयो भन्ने नेताहरुको भनाई छ ।”

बैठकका उपस्थित कांग्रेसका प्रवक्तासमेत रहेका नेता प्रकाशशरण महतले एक व्यक्ति वा एक संस्थाले सम्झौता गर्दैमा समस्या हल नहुने भन्दै महानगरले गरेको सम्झौता विरोध गरे । “रातारात सम्झौता गरिएछ, सरोकारवालासँग नै समन्वय भएन, यसरी समन्वय बिना कसरी व्यवस्थापन हुन्छ ?”, बैठकमा महतले प्रश्न गरेका छन्, “हामीले सम्झौता गर्‍यौं अरु किन जानु पर्‍यो भन्ने पनि परेको छ, यसरी व्यवस्थापन हुँदैन ।”

मेयर महर्जनले जनाएअनुसार उपत्यकाको फोहोर व्यवस्थापनबारे छलफल गर्न बोलाइएको बैठकमै काठमाडौं महानगरको भने प्रतिनिधित्व थिएन । महानगरको प्रतिनिधित्व नभएपछि नेताहरुले महानगरप्रति मात्रै आक्रोश पोखेको उनले बताए ।

प्रभावित क्षेत्रका स्थानीयलाई सार्न प्रस्ताव

कांग्रेस महामन्त्रीसमेत रहेका नेता गगन थापाले प्रभावित क्षेत्रबाट स्थानीयलाई सार्नुपर्ने प्रस्ताव छन् । उनले ओखरपौवा, बन्चरेडाँडा, सिस्नेखोलाको आसपास क्षेत्रका बासिन्दालाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने बताएका छन् । थापाले मन्त्रालयलाई स्थानीयलाई सार्नको निम्ति उचित बजेटको व्यवस्थापन गर्न आग्रह गरेका छन् ।

“त्यो क्षेत्र बस्न लायक नै भएन, त्यो क्षेत्रको उचित मूल्यांकन गरेर जग्गा अधिकरण गर्नुपर्छ, स्थानीयलाई त्यहाँबाट स्थानान्तरण गर्नुको विकल्प छैन, मन्त्रालयले स्थानान्तरणबारे योजना बनाओस्”, थापाले बैठकमा भनेका छन् ।

बैठकमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले फोहोरको दिगो व्यवस्थापनका निम्ति मन्त्रालयले योजना बनाउँदै गरेको सुनाएकी थिइन् । उनले बस्ती स्थानान्तरणका लागि मन्त्रालयले कार्यक्रम अघि बढाएको जानकारी गराएकी छिन् ।

यस्तो सम्झौता गरेको छ महानगरले

काठमाडौं महानगरले फोहोर बिसर्जैनबारे काठमाडौं महानगरपालिका, नुवाकोट र धादिङका प्रभावित क्षेत्रका स्थानीयबासीबीच मध्यराति १८ बुँदे सहमति गरेको छ । फोहोर बिर्सजनमा निरन्तर अवरोध हुन थालेपछि महानगरले ककनी गाउँपाकिला र धुनीवेशी नगरपालिकाका स्थानीय र जनप्रतिनिधिसँग सम्झौता गरेको हो । महानगरले अल्पकालिन र दिर्घकालिन रुपमा के–के गर्ने भन्ने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:३२ मा प्रकाशित

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...