काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई ग्रीन पिन (व्यक्तिगत पहिचान नम्बर) प्रदान गरेको छ ।
ग्रीन पिन डेबिट/क्रेडिट कार्डका लागि बनाइएको कागजविहीन पिन भएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ग्राहकले आफ्नो डेबिट/क्रेडिट कार्डको पिन एटीएम मार्फत बैंकलाई उपलब्ध गराइएको ग्राहककोे मोबाइल नम्बरमा प्राप्त हुने वन टाइम पासवर्ड (ओटीपी) प्रयोग गरेर परिवर्तन गर्न सक्नेछन् । साथै आफ्नो कार्डको पिन कोड परिवर्तन गर्नको लागि ग्राहकले २४ घण्टाभित्र बैंकको एटीएममा जानु पर्ने बैंकले जनाएको छ ।
बैंकले ग्रीन पिनको मुख्य उदेश्य कागजी पिनलाई निरुत्साहित गर्दै र डिजिटल बैंकिङलाई अझ सजिलो, सुरक्षित र सुविधाजनक बनाउनु रहेको जनाएको छ ।
बैंकले हाल ७ वटै प्रदेशमा १२६ कार्यालय र ११७ एटीएम नेटवर्कमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:३७ मा प्रकाशित




























