मलेसिया । मलेसियामा नेपालीहरुको एक समूहले अर्का एक नेपाली युवाको हत्या गरेका छन् ।
बैदेशिक रोजगारका सिलसिलामा मलेसिया पुगेका पाँचथरका कुमार तामाङमाथि नेपालीहरुकै एक समुहबाटै छुरा प्रहार गरी घाईते बनाएको र उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।
मलेसियाको क्लाङस्थित मेरुपमा रहेको टप्स ग्लोबल कम्पनी अगाडि क्यान्टिन संचालन गर्दै आएका तामाङको मादक पदार्थ सेवन गरेर आएका ४ जनाको समूहले छुरा प्रहार गरी हत्या गरेको बताइएको छ ।
उक्त घटनामा संलग्न चारजनालाई नै मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुको पहिचान खुलाइएको छैन ।
नजिकबाट उनीहरुलाई चिनेका साथीहरुले आर्थिक लेनदेनका कारण हत्या भएको हुनसक्ने बताएको मलेसियामै रहेका तिलोचन गौतमले बताएका छन् ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:५३ मा प्रकाशित






























