back
CTIZAN AD

संसदमा एमालेले माग्यो अर्थमन्त्रीको राजीनामा

वि.सं.२०७९ जेठ ३१ मंगलवार

717 

shares

काठमाडौं । नेकपा (एमाले)ले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । करको दर हेरफेर गरेको विषयमा मुछिएका अर्थमन्त्री पदमा बस्न नमिल्ने भन्दै एमालेले राजीनामा माग गरेको हो ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले शर्मा पदमा बस्न लायक हुनुहुन्छ र ? भनि प्रश्न गरे ।

“यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्न लायक हुनुहुन्छ ? प्रधानमन्त्रीले यसको जवाफ दिनुपपर्ट्टछ कि पर्दैन ?”, उनले भनेका छन्, “करको विषय ज्यादै गोपनीय विषय हो, राष्ट्रको सुरक्षा स्वार्थको विषय हो, संसद्ले यसबारेमा कदम चाल्नुपर्छ, यसको जवाफ हामी चाहन्छौं, मन्त्रीले नैतिक हिसाबले त्यो पदमा बस्न मिल्दैन ।”

पाण्डेले अर्थमन्त्रीले संसदमा आएर किन जवाफ नदिएको भनि प्रश्न पनि गरे । बजेट निर्माणको बेलामा मन्त्री बाहेक कसैलाई फोन राख्ने अधिकारी नभएको भन्दै उनले बाहिरका मान्छे कसरी छिरे भनि प्रश्न तेर्स्याए ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची हटाउन माग गरेका छन् । उनले अर्थमन्त्री शर्माले दिने जवाफमा एमाले सहभागि नहुने भन्दै कार्यसूचीबाट हटाउन माग गरे ।

वि.सं.२०७९ जेठ ३१ मंगलवार १२:२० मा प्रकाशित

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...