काठमाडौं । सनराइज बैंकले निशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । बैंकले जेठ २८ गते काठमाडौंको ओमबहालमा निशुल्क स्तनक्यान्सर परिक्षण शिविर आयोजना गरेको हो ।
बैंकले स्तनक्यान्सर सम्बन्धी जनचेतना अभिवृद्धी गर्न नेपाल मधुमेही समाजसँगको सहकार्यमा निशुल्क शिविर सञ्चालन गरेको जनाएको छ । सो शिविरमा करिब ६३ जना महिलाहरुले स्वास्थ्य सेवा लिएको बैंकले जनाएको छ । साथै, शिविरमा आउने सम्पुर्ण मानिसहरुको निशुल्क रक्तचाप, मधुमेह परिक्षण सेवासमेत दिइएको बैंकले जनाएको छ ।
बैंकले नारीहरुलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य अनुरुप नारी बचत खाताअन्तर्गत महिलाहरुलाई ५ लाख सम्मको घातक रोग खर्च दिइरहेको जनाएको छ । बैंकका अनुसार महिलाहरुमा हुन सक्ने पाठेघर, स्तनक्यान्सर, मुटु रोगसहितका १८ घातक रोगहरु यस योजनामा समेटिएको छ । साथै बैंकले महिलाहरुलाई प्रसुति खर्च स्वरुप रु.१०,००० सम्म, अस्पताल भर्ना र ओपीडी खर्च गरी रु १ लाख सम्म बीमा बापतको रकम समेत दिदै आएको जनाएको छ ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार १२:२८ मा प्रकाशित





























