काठमाण्डौं। एयर चाईनाले छन्तु काठमाण्डौं उडान पुन सञ्चालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण विगत दुई वर्षदेखि बन्द रहेको चाइना एयरलायन्सको छन्तु–काठमाण्डौं उडान आइतबारदेखि पुनः सुचारु गरेको काठमाण्डौंस्थित चिनियाँ रादूतावासले फेसबुकमार्फत जानकारी दिएको छ ।
एयर चाइनाको दक्षिणपश्चिम शाखाले आइतबारदेखि यात्रुवाहक ए-३३० विमानद्वारा सिचुवान प्रान्तको राजधानी छन्तुदेखि काठमाण्डौंसम्मको यात्रुवाहक उडान एक वर्षपछि पुनः निरन्तर गरेको हो।
एयर चाइना दक्षिणपश्चिम शाखाले एयरबस ए ३३०(२०० वाइड बडी लामो दूरीको यात्रुवाहक विमानलाई सञ्चालनमा ल्याउने र प्रत्येक आइतबार राउन्ड ट्रिप उडान गर्ने जनाएको छ।
यसअघि हिमालयन एयरलायन्सले पनि नियमित उडान सुरु गरिसकेका छन् । चीन सरकारले चीन अध्ययन गरीरहेका नेपाली विद्यार्थीलाई चीन फर्कन चाहनेलाई पहिलो प्राथमिकतामा राखेको छ । तर महँगो उडान तथा क्वारेन्टिन खर्चका कारण धेरै विद्यार्थीहरुले अनलाइनबाटै अध्ययनलाई अगाडि बढाउन चाहेका छन् । बेइजिङ, नान्चिङ तथा वुहानले दुई हप्ताको क्वारेन्टिनलाई ३ देखि एक सातासम्म बनाउने तयारी गरेको चिनिया संचारमाध्यमहरुले जनाएका छन् ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार ११:४४ मा प्रकाशित






























