काठमाडौँ । एमसीसी सम्झौता आलटाल नगरी यथास्थितिमै सम्झौता नेपालको संसदले पास गर्नुपर्ने अडान लिएका जसपा नेता डा बाबुराम भट्टराई एसपीपी साझेदारी भने नेपाल सरकारले गर्न नहुने बताएका छन् ।

अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता नेपालको हितमा नरहेको हुँदा यसलाई नेपालको संसदले अनुमोदन गर्न हुँदैन भनेर ठूलो नेपाली जनसमुदायले विरोध गर्दा आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने धारणा राख्ने जनता समाजवादी पार्टी (जसपा)संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)सम्झौता गर्न भने हतारो गर्न नहुने बताएका छन् ।
टिव्टरमा टिव्ट गर्दै नेता डा भट्टराईले यसमा सैनिक गठबन्धनको हस्को आउने भन्दै यो सम्झौतालाई पास गर्न हतारो गर्न नहुने बताएका हुन् । यसले छिमेकी देश चीनसँग नयाँ शितयुद्धको खतरा हुनसक्ने भन्दै उनले भूराजनीतिक संवेदनशीलता हेर्नुपर्ने भनाई राखेका छन् ।
‘हिमाली क्षेत्रमा मडारिदो नयॉ शितयुद्धको खतराको पृष्ठभूमिमा अमेरिकासंग यो १०- बुॅदे स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)सम्झौता गर्न लागिएको हो भने हतार नगरौं।’ यो सम्झौता भूराजनीतिक संवेदनशिलतासँग जोडिएको भन्दै उनले भनेका छन् ‘यसमा सैनिक गठबन्धनकै हस्को आउॅछ।भूराजनीतिक संवेदनशीलता हेरौं। १०चोटि नापेर एकचोटि काट्नु जो भनिन्छ ।’
एमसीसी सम्झौता अमेरिकी शैन्य शक्तिकै एक अंग भएका कारण यो नेपालको संसदलाई पास गर्न नहुने आम नेपाली समुदायको इच्छा विपरित संसदले विश्लेषणात्मक व्याख्यामार्फत पास गरेको थियो ।
नेपालमा आफ्ना सेना भित्र्याउने योजनाअनुसार अमेरिकाले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौताको प्रस्ताव गरेको छ ।अमेरिकाले नेपाल समक्ष प्रस्ताव गरेको १० बुँदे एसपीपी साझेदारी पत्रमा अमेरिकी सेना र नेपाली सेनाबीच सहकार्य गर्ने विषयमा उल्लेख छ । जसमा नेपालको उच्च भू–भाग भएका क्षेत्रमा संयुक्त प्रशिक्षण अभ्यास गर्ने, नेपालमा विपद् व्यवस्थापन तथा उद्धार अभ्यास गर्ने, नेपाली सेनाका अधिकृतलाई तालिमका लागि अमेरिका लैजाने, नेपाली सेनाले माग गरेअनुसार हलुका तथा गैरघातक सैन्य सामग्री अमेरिकाले सहयोग गर्नेलगायतका कुराहरु उल्लेख छन् ।
हिमाली क्षेत्रमा मडारिदो नयाॅ शितयुद्धको खतराको पृष्ठभूमिमा अमेरिकासंग यो १०-बुॅदे स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)सम्झौता गर्न लागिएको हो भने हतार नगरौं। यसमा सैनिक गठबन्धनकै हस्को आउॅछ।भूराजनीतिक संवेदनशीलता हेरौं। १० चोटि नापेर एकचोटि काट्नु जो भनिन्छ! https://t.co/nm1LRl3opq
— Baburam Bhattarai (@brb1954) June 14, 2022
वि.सं.२०७९ जेठ ३१ मंगलवार १३:०६ मा प्रकाशित






























