Logo
३१ श्रावण २०७९, मंगलवार
     Tue Aug 16 2022
E-paper
  English Edition
   Unicode
Logo

सुन्दर संसारको सपना देख्ने क्रान्तिकारी नायक चे



अर्नेष्टो चे ग्वेभारा लिञ्च – यो लामो नाम नै आफैमा एउटा नमूनाको उदाहरण जस्तो छ । यो विश्वव्यापी त छँदैछ, यसले एउटा मानवीय पहिचान दिन्छ । अर्नेष्टो मूल नाम हो, यो उनका हजुरबाको सम्मानमा राखिएको नाम हो । डन अर्नेष्टो चेका पिताको नाम । चेका पिताले क्यूबाली क्रान्तिका कालखण्डमा राखिदिएको नाम हो ‘चे’ जसको अर्थ हुन्छ ‘प्रिय’ । हुन त क्यूबाली जनताले हरेक प्रिय चीज महसुश गर्नका लागि यो ‘चे’ शब्दको प्रयोग गर्ने गर्दछन् । ग्वेभारा शब्द चेलाई उनका पिताको तर्फबाट मिल्यो । अनि यस परिवारमा आमाको उपनामलाई पनि आफ्नो नामसँग जोडिने गर्दछ । चेका मावलाका हजुर बा लिञ्च समुदायका थिए । यसरी बनेको थियो पूरा नाम – अर्नेष्टो चे ग्वेभारा लिञ्च । उनको जन्म १४ जून १९२८ मा भएको थियो । उनका योगदानहरु अनेक र महत्वपूर्ण छन् । ती मध्ये केही कुरा मात्र यहाँ उल्लेख गरिएका छन् ।

अर्जेण्टिनी मूलका यी क्यूबाली क्रान्तिकारीको नाम मुखमा आउनासाथ जुन छबी मनमा बन्दछ, त्यो एउटा रिसाहा यूवाको छबि लाग्दछ । यद्यपि चेको पूरा जीवन एउटा रोमाञ्चकारी कविता जस्तै रहेको छ । जसमा जीवनलाई महसुश गर्न सकिने सुनसान प्रकृतिको रहेको छ भने दुःखान्त त्रासदीहरुको अन्तहीन शिलशिला जस्तो पनि । अनि संघर्षका बीचमा आफन्तहरुसँगका शान्तिका पलहरु पनि यसमा सामेल छन् । चेको यस विविधतापूर्ण जीवनलाई अनेक किसिमले चित्रित गर्ने गरिएको पाइन्छ र गर्न सकिन्छ पनि । तर यस सन्दर्भमा सबैभन्दा मजाको कुरा होला चेका बिरोधीहरुको उनका प्रतिको राय । कुनै व्यक्तित्वलाई जान्न र बुझ्न एउटा राम्रो माध्यमा उसका विपक्षीहरुको उसप्रतिको राय पनि हो । चेका बारेमा यस प्रकारको रायहरु निकै अनौठो पनि छन् ।

क्यूबाको सफल क्रान्ति पछि चे ग्वेभारा क्यूबाली राष्ट्रिय बैंकको अध्यक्ष बनेका थिए । त्यस अवसरमा जुलाई १९६० मा अमेरिकी ‘न्यूज एण्ड वल्र्ड रिपोर्ट’ मा भनिएको थियो – ‘अर्नेष्टो चे ग्वेभारा नै क्याष्ट्रो सरकारका मस्तिष्क हुन् । ग्वेभारा क्यूबाली होइनन्, अर्जेण्टिनी हुन् । उनी स्वभावले कुनै भावुक ल्याटिन–अमेरिकी पनि होइनन् । तर ठण्डा मस्तिष्कले सोच विचार गर्ने कम्युनिष्ट हुन् । यी ग्वेभारा फिडेल या राउल क्याष्ट्रो होइनन् । ग्वेभारा र उनका कम्युनिष्ट सहायकहरुका लागि क्यूबा मिशनको एक घटना मात्र हुन् र त्यो मिशन हो – ल्याटिन अमेरिकाका अधिकांश हिस्सामा कम्युनिष्ट सत्ता स्थापना गर्नका लागि क्यूबालाई एउटा किल्लाको रुपमा विकसित र खडा गर्नु’ ।

अर्जेण्टिनी मूलका यी क्यूबाली क्रान्तिकारीको नाम मुखमा आउनासाथ जुन छबी मनमा बन्दछ, त्यो एउटा रिसाहा यूवाको छबि लाग्दछ । यद्यपि चेको पूरा जीवन एउटा रोमाञ्चकारी कविता जस्तै रहेको छ । जसमा जीवनलाई महसुश गर्न सकिने सुनसान प्रकृतिको रहेको छ भने दुःखान्त त्रासदीहरुको अन्तहीन शिलशिला जस्तो पनि । अनि संघर्षका बीचमा आफन्तहरुसँगका शान्तिका पलहरु पनि यसमा सामेल छन् । चेको यस विविधतापूर्ण जीवनलाई अनेक किसिमले चित्रित गर्ने गरिएको पाइन्छ र गर्न सकिन्छ पनि ।

साम्राज्यवादका जुन प्रवक्ताले यी पंक्तिहरु लेखे उनलाई फेलिक्स ग्रीनले आफ्नो एउटा किताबमा ‘दुश्मन’ भनेका छन् । यसको दोस्रो पक्ष के छ भने चेका घनघोर विचारधारात्मक शत्रुहरु पनि उनीसँग प्रभावित थिए । चेमा आफ्ना विरोधीहरुलाई आफ्नो प्रसंशाका लागि बाध्य तुल्याउने गुण थियो । चेको जीवन यसै कुराको उदाहरण हो कि एउटा व्यक्ति जो सारा विश्वकै शोषित पीडित जनताको मुक्तिको क्रान्तिकारी संघर्षमा होमिएको र जुधिरहेको छ कसरी जनताका शत्रुहरुबाट पनि मान्यता र आदर हासिल गर्न सक्दछ । यो आदर सम्मान हमेशका लागि कायम रहन्छ र यस कारण चेको स्मृति क्रान्तिकारी मनहरुमा चीरस्थायी जस्तै बन्छ ।

यहाँ के उल्लेख गरिनु आवश्यक लाग्दछ भने ८ अक्टोबर १९६७ मा छापामार र बोलिभियाको सैनिक टुकुडीका बीच घमसान लडार्इं चल्यो । चे गम्भीररुपमा घाइते भए । उनलाई बन्दी बनाइयो । सैनिक कमाण्डर पराडो सालमनले चेलाई तुरुन्तै चिनिहाल्यो । उसले सन्देश पठायो ‘५०० केसाण्डो’ यो कोडको अर्थ थियो ‘चेलाई पक्राउ गरियो’ । उनलाई कडा सुरक्षा र निगरानीका साथ हीग्वेरा पठाइयो । बिहान हुने बित्तिकै बोलेभियाका ठूला सैनिक हस्तिहरु र अमेरिकी गुप्तचर संस्था सीआईएका एजेण्टहरु हिग्वेरा पुगिसकेका थिए ।

ती मध्येका एकजना एजेण्ट डा. गोञ्जालेजे चेसँग सोधे – तिमी के सोचिरहेका छौ ? । चेले मजाले उत्तर दिए – ‘म क्रान्तिको अमरत्वका बारेमा सोचिरहेको छु’ । वास्तवमा यी चेका अन्तिम शब्दहरु थिए । चेका यी अन्तिम शब्दकासाथ क्यूबा आजको एउटा उदाहरण बनेर रहेको छ विश्वका हर क्रान्तिकारीका लागि । क्यूबामा क्रान्तिको जुन बाटो तय गरियो त्यो विश्वका अरु मुलुकहरुका लागि सही छ कि गलत ? भौगोलिकरुपले ठूला देशहरुका क्रान्तिका अवधारणा क्यूबा जस्ता साना देशबाट उदाहरण बन्न सक्तैनन् ? अनि क्यूवाको क्रान्ति जुन परिस्थितिमा घटित भयो त्यसलाई सारा संसारले आधा शताब्दी पछाडि छोडेर आएको हो ?

यी सारा प्रश्नहरु आफ्नो ठाउँमा सही हुन सक्छन् र यी पनि सत्यताको एउटा प्रभावकारी पक्ष हुन सक्छन् कि हिँसारहित क्रान्तिहरु पनि कुनै बेला आफैमा एउटा अनौठो उदाहरण बन्न पनि सक्लान् ? तर आज जुन व्यक्तित्वका बारेमा हामी कुरा गरिरहेका छौं उनी यस्ता प्रश्नहरुसँग सारा जीवनभर जुधि रहे र लगातार त्यसको जवाफ पनि दिदै रहे । उनले हिंसाको बाटो अख्तियार गरेका थिए । तर त्यसको चयन अनायास गरेका थिएनन् । अर्नेष्टो चे ग्वेभारा लिञ्चको जीवनको आरम्भिक हिस्सा यसको साक्षी रहेको छ ।

यस्ता व्यक्तिको मनमा आफ्ना जनताकाप्रति जीवन्तताको महसुस र तिनको मुक्तिको निम्ति सफलताको कामना रहनु, हुनु कुनै अनौठो कुरा भएन । चेको मनमा यही आकांक्षा उनको यूवा अवस्थादेखि नै थियो नै । यद्यपि चेले आफु स्वयम्ले आफ्नी पूर्व प्रेमिकालाई लेखोको एउटा पत्रमा स्वीकारेका छन् कि शुरु शुरुमा उनी केवल एउटा जोखिम उठाउन तत्पर हुने व्यक्तिवादी यूवा थिए । फिडेल क्याष्ट्रोले चेलाई बदलिदिए । उनलाई महान उदेश्य दिए ।जुन उदेश्यले अर्नेष्टो चेलाई परिवर्तन गरिदियो । चेको सम्पूर्ण जीवन रहस्यमय जस्तो लाग्दछ र उनका बारेमा कयौ किसिमका हल्लाहरु पनि लगातार फैलिदै फैलाइदै रहे, खासगरी अमेरिकी पूँजीवादी पिछलग्गुहरुको तर्फबाट ।

चेका बारेमा यो झूटो कुरा लगातार गरिदै रह्यो कि उनी भावुक छैनन् । चेले यो कुरा कयौं पटक भनेर होइन, गरेर झूटो साबित पनि गरिदिए । उनी आफ्ना मित्रहरु, परिचितहरु, परिवार र खासगरी बालबच्चाहरुकाप्रति गहिरो समवेदना राख्ने गर्दथे १९६० मा चेले आफ्ना अर्जेण्टिाइनी मित्र अल्बर्टो, जोसँग चेले पूरै ल्याटिन अमेरिकाको मोटरसाइकल यात्रा गरेका थिए, सँग भनेका थिए : ‘म यहाँ आरामसँग बसेको छु, मेरा मित्रहरु बोलिभिया समेत अन्य स्थानहरुमा मेरा गुरिल्ला प्रयोगलाई गलत तरीकाले लागु गर्दै मरिरहेका छन्’ । स्पष्ट छ कि चे गुरिल्ला युद्धको योजनालाई न्यूनतम हिंसाकारुपमा देख्ने गर्दथे ।

चेले क्यूवा यसकारणले छोडे किनकी उनी हतियारबन्द बनेर साम्राज्यवादहरुका विरुद्ध संघर्ष गर्न चाहन्थे । यसलाई उनी आफ्नो सर्बोच्च कर्तव्य मान्दथे । १९५७ मा चे एक अपरिचित अर्जेण्टिनी डक्टर थिए, जो परिस्थितिबश मेक्सिकोमा पुगेका थिए । फिडेल क्याष्ट्रोको नेतृत्वमा सक्रिय क्रान्तिकारीहरुसँग उनको भेट भएको थियो । १९६५ चे विजयी क्यूबाका एकजना प्रमुख नेता र क्रान्तिकारी सरकारका एक महत्वपूर्ण हस्ति बनेका थिए । त्यहाँबाट अब नयाँ क्रान्तिकारी क्रियाकलापको खोजीमा उनी क्यूबा छोडेर अचानक बाहिर गए । अझ राम्रो र सुन्दर संसारको सपना देख्ने गरेका यी यायाबर नोभेम्बर १९६६ को पहिलो सातामा छद्म नामबाट बोलिभिया पुगे र त्यहाँ एउटा स्थानमा छापामार आन्दोनलको अखडा स्थापित गरे ।

साम्राज्यवादका विरुद्ध सारा संसारमा चलिरहेका आन्दोनलहरुको एकजुटताका लागि सघन यात्रा गरिसकेपछि चे १४ मार्च १९६५ का दिन क्यूवाको राजधानी हवाना फर्किए । त्यसपछि सार्वजनिकरुपले कतै देखा परेनन् । झण्डै एक महिना पछि फिडेल क्याष्ट्रोले यस बारेका केवल यत्ति कुरा भने कि उनी हर हमेशा त्यही ठाउँमा रहन्छन् जहाँ क्रान्तिका लागि उनको सबैभन्दा बढी आवश्यकता पर्दछ र लाभदायक हुन्छ । यसबाट कुन तथ्य स्पष्टसँग उजागर हुन्छ भने चे क्यूबामा रहेका छ्रैनन् ।तर कहाँ छन् त ? यस प्रश्नको उत्तर पूँजीवादी समाचारपत्रहरुले बेग्ला बेग्लै किसिमले दिइरहेका थिए ।

चेले क्यूवा यसकारणले छोडे किनकी उनी हतियारबन्द बनेर साम्राज्यवादहरुका विरुद्ध संघर्ष गर्न चाहन्थे । यसलाई उनी आफ्नो सर्बोच्च कर्तव्य मान्दथे । १९५७ मा चे एक अपरिचित अर्जेण्टिनी डक्टर थिए, जो परिस्थितिबश मेक्सिकोमा पुगेका थिए । फिडेल क्याष्ट्रोको नेतृत्वमा सक्रिय क्रान्तिकारीहरुसँग उनको भेट भएको थियो । १९६५ चे विजयी क्यूबाका एकजना प्रमुख नेता र क्रान्तिकारी सरकारका एक महत्वपूर्ण हस्ति बनेका थिए । त्यहाँबाट अब नयाँ क्रान्तिकारी क्रियाकलापको खोजीमा उनी क्यूबा छोडेर अचानक बाहिर गए । अझ राम्रो र सुन्दर संसारको सपना देख्ने गरेका यी यायाबर नोभेम्बर १९६६ को पहिलो सातामा छद्म नामबाट बोलिभिया पुगे र त्यहाँ एउटा स्थानमा छापामार आन्दोनलको अखडा स्थापित गरे ।

चे आज यो संसारमा हुन्थे भने शायद अहिले पनि यही कुरालाई निरन्तरता दिइरहेका हुन्थे । अपेक्षा के गरिनु पर्दछ भने सर्वहारा वर्गका जनताका पक्षमा खडा भएका प्रगतिशील, जनवादी समुदायलाई यो कुरा सम्झना हुनु पर्दछ कि उसले सच्चा सर्वहारा अन्तर्राष्ट्रियतावादतर्फ आफ्नो कदम अझ दृढताकासाथ बढाउने छ । यही नै चेका लागि साँचो अर्थमा क्रान्तिकारी अभिवादन पनि हुनसक्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सरकारले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागु गर्ने निर्णय गरेको छ । साउन

काठमाडौं । नेपाली बजारमा सुनको भाउ निरन्तर उतार–चढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सँगै मिलेर चुनाव लड्ने निर्णय गरेसँगै नेपाल समाजवादी पार्टीका नेता