back
CTIZAN AD

मूल्य वृद्धिविरुद्ध सडकमा उत्रने अखिल क्रान्तिकारीको चेतावनी

वि.सं.२०७९ असार ७ मंगलवार

744 

shares

काठमाडौ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्दिका विरुद्धमा सडकमा उत्रने चेतावनी दिएको छ ।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मुल्यबृद्धिको सन्दर्भमा पछिल्लो मुल्यबृद्धिले किर्तिमान बनाएको भन्दै निगमभित्र भएका भ्रष्टाचार, चुहावट, अनियमितता अन्त्य गर्न तथा सहुलियत दरमा पेट्रोलियम पदार्थ उपलब्ध गराउन अन्य बैकल्पिक उपायहरुको खोजी गर्नुपर्ने माग गरेको छ ।

संगठनले मंगलबार एक विज्ञप्ति दजारी गर्दै भनेको छ– ‘हाम्रो मागलाई बेवास्ता गरिए कठोर सडक संघर्षमा उत्रने चेतावनी दिन चाहन्छौं ।’

संगठनले नागरिकको कष्टसाध्य जीवनप्रति पूर्णतः बेखवर रहि गरिएको मूल्यबृद्धिले जनजीवनमा निकै भयावह अवस्था सृजना गरेको र वर्तमान परिस्थितिले सबैलाई गम्भीर बनाएको बताएको छ ।

‘बहुसंख्यक नागरिकको आय अति कम भएको हाम्रो जस्तो मुलुकमा सरकार नियन्त्रित आयल निगमले अन्तराष्ट्रिय मुल्यबृद्धिको हवाला दिएर बेलगाम रुपमा मुल्यबृद्धि गर्ने हो भने सरकार के का लागी हो ? राज्य आफ्ना नागरिक प्रतिको भुमिका र दायित्वबाट पन्छँदै किन भागिरहेको छ ? हामी प्रश्न गर्न चाहन्छौं ।’ विज्ञप्तिमा भनिएको छ ।

घाटामा गएको भनिएको आयल निगमको नेतृत्व मालदार अड्डा मानिने, निगम भित्र नियुक्ति र रोजगारी सँधै आकर्षक हुने पेट्रोल पम्पहरु निरन्तर नाफाको व्यवसाय बनिरहने र कर्मचारीहरु बोनस खाने तर निगम संधै घाटामा हुने कसरि ? भन्ने प्रश्न समेत गरिएको छ ।

‘पेट्रोलियम खरिद बिक्री सहितको सबै हिसाब आम नागरिकले बुझ्ने गरि सार्वजनिक गर्न र हालको संकटको अबधिभर पेट्रोलियम आयातलाई शतप्रतिशत भन्सार छुट गरेर पनि सहुलियत दरमा इन्धन उपलब्ध गराउन अखिल (क्रान्तिकारी ) जोडदार माग गर्दछ ।’ बिज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७९ असार ७ मंगलवार १४:२९ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...