back
CTIZAN AD

मंगलबार मात्रै पार्टी घोषणा गरेका रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी

वि.सं.२०७९ असार ८ बुधवार

720 

shares

काठमाडौं । मंगलबार मात्रै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दलको घोषण गरेका संचारकर्मी रवि लामिछानेविरुद्ध बुधबार निर्वाचन आयोगमा उजुरी परेको छ ।

उनीविरुद्ध आयोगमा पुगेर उजुरी दिने व्यक्ति हुन् डम्बर साहु । स्वतन्त्र उम्मेदवारी अभियान समूहका संयोजक साहुले मंगलमात्रै संचारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेको र त्यसले वास्तविक स्वतन्त्र व्यक्ति/समूह/संस्थालाई गम्भीर आघात पुगेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

उनले स्थानीयतहमा देशैभरी स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय सनर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति÷समूह÷संस्थालाई गम्भीर आघात पुगेको विज्ञप्ति मार्फत् जनाएका छन् ।

‘स्थानीय तहको निर्वाचनको दौरान राजनैतिक पार्टीप्रतिको वितृष्णा तथा निर्वाचनको मतपरिणाम र स्वतन्त्र प्रतिको बढ्दो अकर्षणलाई आफ्नो मुठ्ठिमा कब्जा गर्ने दुषित मनसाय र कथित अवसरवादीलाई आम मतदाता, नागरिक समाज मिडिया एवं सरोकारवालाहरुले चिन्न अति आवस्यक छ ।’ संयोजक साहुद्धारा जराी विज्ञप्तिमा भनिएको छ, ‘परम्परागत राजनैतिक पार्टी र म्याद गुज्रिएका नेतृत्वको विकल्पका रुपमा नयाँ र भिजनसहितका युवाहरु राजनीतिमा आउनु स्वागतयोग्य रहेता पनि धमिलो पानीमा माछा मार्ने कटु अवसरवादीहरुले ‘राष्ट्रय स्वतन्त्र पार्टी’ को नाममा निर्वाचन आयोगमा पार्टी दर्ताको लागि निवेदनमा ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्दको प्रयोग गर्न अनुरोध गर्दछु ।’

साहुले स्वतन्त्र उम्मेदवार अभियान, अभियन्ता र देशैभरीमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरुको हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीमा समर्थन र सहकार्य नरहेको समेत विज्ञप्ति मार्फत् जानकारी गराएका छन् ।

No photo description available.

वि.सं.२०७९ असार ८ बुधवार १२:४० मा प्रकाशित

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाः यसै वर्ष ठेक्का आह्वान

खोटाङ । खोटाङ र ओखलढुङ्गाको सीमानामा पर्ने दूधकोशीस्थित रभुँवाघाटबाट उत्पादन...

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...