back
CTIZAN AD

न्यायाधीश र वकिलबीचको घुस डिल सार्वजनिक, न्यायपरिषद्को आकस्मिक बैठक बस्दै

वि.सं.२०७९ असार ८ बुधवार

771 

shares

काठमाडौं । ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न वकिल र न्यायाधीशबीच २ करोड रुपैयाँको डिल भएको अडिओ सार्वजनिक भएपछि न्यायपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका हुन् ।

तामाङलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलबीच लेनदेनबारेको अडियो न्युज २४ टेलिभिजनले सार्वजनिक गरेको थियो ।

सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउन प्रस्ताव गरिएको छ र त्यसबापत २ करोड आफूहरुले पाउने अडियो सुन्न सकिन्छ। अधिवक्ता र न्यायाधीशबीच करिब १० मिनेट कुरा भएको छ ।

सिभिल सहकारीका पूर्व अध्यक्ष तामाङलाई ठगी र संगठित अपराध कसूरमा केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले ७८ असोज १८ गते पक्राउ गरेको थियो । अहिले तामाङ डिल्ली बजार जेलमा छन् ।

वि.सं.२०७९ असार ८ बुधवार १२:२३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...