back
CTIZAN AD

प्रचण्ड भन्छन्– देशको राजनीतिको चाबी जनताले माओवादीलाई दिएका छन्

वि.सं.२०७९ असार ९ बिहीवार

798 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनले देशको राजनीति कता लैजाने भन्ने चाबी आफ्नो पार्टीलाई दिएको दाबी गरेका छन् । बिहीबार ललितपुरमा स्थनीय तहको निर्वाचनमा माओवादीबाट विजयी जनप्रतिनिधिको प्रशिक्षण भेलामा अहिलेको अवस्थामा पनि आफ्नो पार्टीले एक सय २२ पालिका जित्नु ठूलो कुरा भएको उनले बताए । यही जनमत नै देशको राजनीतिको बागडोर कता लैजाने भन्ने चाबी भएको उनको भनाइ छ ।

‘हाम्रो पार्टीले सोचेजस्तो परिणाम आएन । कम्तीमा पनि ठीक ढंगले जाँदा एक सय ७० र एक सय ७५ आउँछ । एमाले एक सय ६०–७० मा झर्छ भन्ने सोचेका थियौं । हामीले आंकलन गरेको जति आएन । त्यही भएर ठूलो कम्युनिस्ट पार्टी बन्न सफल भएनौं । एक सय २२ पालिका जित्यौं । यो भनेको पनि धेरै हो । केही परिवर्तन विरोधी र बुर्जुवाहरूले माओवादीको यत्रो आयो भन्ने ठानेका छन्,’ प्रचण्डले भने, ‘जे भए पनि हाम्रो स्थिति निर्णायक हो । निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु थियो । यसले संवैधानिक लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । हामीले कति जित्यौं भनेर हेर्दा एउटा चित्र देखिन्छ । कांग्रेस, एकीकृत समाजवादी, जसपा, लोसपा जसले जिते पनि माओवादीले जितेको देख्छु म । यो जित परिवर्तन विरोधीको हो । देशको राजनीतिको बागडोरलाई कता लैजाने भन्ने चाबी माओवादी केन्द्रलाई नै जनताले दिएका छन् ।’

गोरखा, कालीकोट, रोल्पा, रुकुममा सबै दल हुँदा पनि माओवादीले आफ्नै बुत्ताले जितेको उनले बताए । तर, ललितपुरमा भिने सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ । ‘गठबन्धन छ भनेर रिल्याक्स ढंगले पार्टीका नेता कार्यकर्ता लागे । त्यसले मार खायो,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने कुरा महत्वपूर्ण हो । आफ्नै बलमा उभिने प्रयास गर्नुपर्छ ।’ प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन संघारमा रहेको भन्दै अहिलेदेखि नै लाग्न निर्देशन दिए ।

प्रचण्डले ठूलो आन्दोलनको बलमा प्रतिगमनको प्रवृत्ति पराजित भर संसद् पुनस्र्थापना भएकोसमेत बताए । ‘त्यसले निर्वाचन हुने वातावरण भयो । तर स्थानीय तहको निर्वाचन सम्पन्न हुने अवस्था आयो । संविधानको रक्षा गर्ने सबैभन्दा ठूलो दायित्व माओवादीकै हो । समावेशी समानुपातिक प्रणालीको रक्षा भयो । ०७४ पछि ०७९ मा निर्वाचन सफलतापूर्वक भयो,’ उनले भने ।

वि.सं.२०७९ असार ९ बिहीवार १५:०२ मा प्रकाशित

घूस लिएको अभियोगमा मुद्दा दायर

घूस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भैरहवा रुपन्देहीमा...

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

राष्ट्रियसभाः शून्य समयमा समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण...

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

प्रतिनिधिसभा नियमावलीको मस्यौदामाथि सैद्धान्तिक छलफल

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाको नियमावली मस्यौदा समितिको प्रतिवेदन,...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ । बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण...

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

प्रतिनिधिसभाः असार अघि नै मल, बीउ र कृषि औजार उचित व्यवस्थापन गर्न माग

काठमाडौँ । सांसदहरुले वर्षा लागेसँगै धान रोप्ने समय नजिकिँदै गएको...

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

नबिल बैंकको एनबैंक एपमार्फत सरल रुपमा एसआइपी सेवा लिन सकिने

काठमाडौँ । नबिल बैंक लिमिटेडले लगानी सेवालाई अझ सहज, सुरक्षित...