Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

राजनीतिक अस्थिरता र स्वतन्त्रको उदय



कुनै पनि देशको मूल नीति नै राजनीतिलाई मानिन्छ । देशमा कस्तो प्रकारको शिक्षा तथा स्वास्थ्य नीति हुने, जनताले के÷कस्ता सेवा सुविधा प्राप्त गर्ने, न्याय प्रणाली कस्तो हुने, अर्थनीति कस्तो बनाउने भन्ने जस्ता विषय पनि राजनीतिले दिशानिर्देश गर्ने हुनाले यसलाई मूल नीति भनिएको हो ।

लोकतन्त्र भनेको विधिको शासन हो । यही विधिले देश, सत्ता, शासन, नेता र आम नागरिकलाई बाँध्ने हो । सबै नेता ठीक छैनन् भन्ने हो भने नेता बिना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । सबै दल ठीक छैनन् भन्ने हो भने दल बिनाको लोकतन्त्र पनि हुँदैन । लोकतन्त्रको आधार दल हो । लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण कुरा छनोट हो । आफूलाई लागेको कुरा छनोट गर्न पाउने, संगठन गर्न, तथा संघसंस्था खोल्न पाउनुपर्ने भन्ने छ । नेपालको विद्यमान राजनीतिक संकट आगामी दिनमा बहुआयामिकरूपमा अस्थिरता र अनिश्चिततातर्फ उन्मुख हुने संकेतहरू देखिन थालेको छ । हुन त नेपालमा राजनीतिक अस्थिरताको इतिहास लामो छ । राजनीतिमा दृश्य शक्तिहरूभन्दा अदृश्यरूपमा काम गर्ने शक्तिहरू निर्णायक हुन्छन् । नेपालको सन्दर्भमा अदृश्य शक्तिले विभिन्न समयमा निर्णायक भूमिका खेलेको विषय नौलो होइन । राजनीतिलाई अराजक बन्न नदिन संविधान चाहिन्छ । व्यक्तिको विचार स्वतन्त्र, स्वच्छन्द हुनसक्छ । तर, स्वतन्त्र व्यक्तिहरु पनि कानुन र विधिमा चल्नुपर्ने हुन्छ । बेलायती प्रजातन्त्र ‘पपुलर डेमोक्रेसी’ हो । त्यहाँ जनताले संघर्ष गरेर राजाबाट शक्ति लिए । बेलायती संसदले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन बाहेक सबथोक गर्न सक्छ भनिन्थ्यो । त्यो भनेको संसदको सर्वोच्चता हो ।

देश गणतन्त्र ल्याउन भूमिका खेलेका गिरिजाप्रसाद कोइराला जीवित छैनन् । माधव कुमार नेपाल जीवित छन । कुशल नेतृत्वकर्ता प्रचण्ड नेपाली इतिहासको सम्पूर्ण कालखण्डमध्ये एक यस्ता पात्र हुन् जसले नेपालमा बस्ने आम मान्छेका लागि समानतावादी जनयुद्धको नेतृत्व गरे । राज्यका सबै तह र निकायमा हस्तक्षेपकारी भूमिकाको अगुवाइ गर्दै उत्पीडित एवम् सीमान्तकृत समुदाय एवम् वर्गलाई राज्यको उपल्लो तहसम्म पुर्‍याउन ऐतिहासिक संविधान सभाको चुनाव मात्र नभई नयाँ संविधानमार्फत आम जनसमुदायलाई अधिकार सम्पन्न गराउने संघीयता, धर्म निरपेक्षता, गणतन्त्र, समावेशी समानुपातिक व्यवस्था प्राप्तीमा प्रचण्डको योगदान अतुलनीय छ ।

अब हामीले व्यवस्था परिवर्तनका लागि संघर्ष गर्नुपर्ने छैन । किनकि लोकतान्त्रिक व्यवस्था नै सबैभन्दा उन्नत व्यवस्था हो । यही व्यवस्थामा सबै नागरिकलाई समानता र समृद्धि सम्भव छ । तर आफुले बुबा गुमाएर ल्याएको गणतन्त्र, दिदी–दाई गुमाएर आएको गणतन्त्र, श्रीमती गुमाएर ल्याएको गणतन्त्रमा कुनै अनुभुति हुन सकेको छैन । हिजो गणतन्त्र विरोधी नारा लगाउनेहरु आज गणतन्त्र ल्याउनेहरुको नाममा दर्ज भएका छन् ।

नेपालमा भएका ठूला राजनीतिक आन्दोलनमा मुख्यतयाः त्रिपक्षीय शक्ति सन्तुलन भएको देखिन्छ । २००७ सालको आन्दोलनमा राणा, राजा र नेपाली कांग्रेस त्रिपक्षीय शक्ति थिए । राजा र नेपाली कांग्रेसको आन्दोलन सफल भएपछि राणाहरूको शक्ति ओझेलमा परेको थियो । त्यस लगक्तै राजा र मुख्य शक्ति नेपाली कांग्रेसबीच सत्ताका लागि टकराव सुरु भएको थियो, जुन संविधान कस्तो लेख्ने, राजाको अधिकार कति रहने र जनताको अधिकार कति रहने भन्नेमा केन्द्रित थियो । राजाले जनतालाई अधिकार दिन मन्जुर त गरे तर, आफैंले दिएको संविधान २०१७ पुस १ गते ‘कू’ मार्फत वापस लिए । हिजोको पुस्ता राणाशासन, पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध लड्न डराएको भए वा चुकेका भए आज हाम्रो पुस्ताले लोकतन्त्रको महसुस गर्न पाउने थिएन । हामीले महान् तथा अमर सहिदहरुको त्याग र बलिदानको कदर गर्दै मुलुकको राजनीतिक, आर्थिक, सामाजिक, क्षेत्रमा नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।

२०६२/२०६३को जनआन्दोलनका मुख्य सहयात्री गणतन्त्रवादी शक्तिहरु आन्तरिक टुटफुटबाट कमजोर भएको अवस्था छ । जनताका बीच अत्यन्तै अलोकप्रिय बनेका छन् । राजतन्त्रभन्दा बेग्लै शासनको अनुभूति जनतालाई गराउन नसक्दा उनीहरुका विरुद्ध जनतामा असन्तोष बढेर गएको छ । देशमा गणतन्त्र स्थापना भएको एक दशक पूरा भईसक्दा पनि राजनीतिक स्थिरता अझै कायम हुन् सकिरहेको छैन । राज्यबाट फालिएका राजावादी शक्तिहरुले यी सबै परिस्थितीको फाइदा उठाएर जनतामा विद्यमान असन्तोषलाई आफ्नो प्रतिगामी राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेका छन् । गणतन्त्रवादी शक्तिहरुले प्राप्त उपलब्धिहरुको पनि रक्षा गर्न नसकेमा देश प्रतिगमन तर्फ जान्छ । अहिलेको धरातलीय यर्थात ध्यान दिएर नै गणतन्त्र रक्षाको प्रश्नलाई अहिलेको मुख्य लाइन बनाउनु पर्छ । राजनीतिमा राजनीतिक मूल्य, मान्यता र नैतिक चरित्र प्रायः शून्य भएर डन र भ्रष्टाचारीको हाली मुहाली रहेको भन्ने जनगुनासो बढ्दा त्यसमा राजनीतिक दलका नेताहरुले चासो नदिएकोले गणतन्त्रप्रति प्रश्न उठेको छ । तर पनि गणतन्त्रको विकल्प गणतन्त्र नै हो । नेपाली जनताले लामो संघर्ष गरेर ल्याएको व्यवस्था हो ।

जहाँ–जहाँ निरंकुश, जहानियाँ शासन लामो समय मौलाउँछ नातावाद, कृपावादले त्यहाँ प्रश्रय पाउँछ । केही व्यक्ति, परिवार र आसेपासेको राज हुन्छ । जनतामाझ गरिबी र निराशा मात्रै बढ्दै जान्छ । जनताका दैनिक जीवनस्तरमा सुधार ल्याउन नसकेपछि उनीहरूको ध्यान भड्काउन उग्र राष्ट्रवादका नारा लाग्छन्, धर्मको राजनीति मौलाउँछ र अल्पसंख्यक र आम नागरिकमाथि अत्याचार हुन्छ । नेपालमा पनि शासकहरूले इतिहासदेखि वर्तमानसम्म विभिन्न कालखण्डमा प्रताडित गरिरहे । राज्य शक्तिको दुरुपयोग गर्दै पाइलैपिच्छे सरकारी ढुकुटीको दोहन प्रक्रिया चलिरह्यो । एकपटक सत्तामा पुग्ने परिवारका सदस्यहरू प्रायः अलिखित अर्बपतिको सूचीमा छन् यतिबेला ।

हामीकहाँ गाउँ, गाउँजस्तो रहेन, शहर शहरजस्तो भएन । गाउँमा अहिले बस्ने अवस्था नै छैन किनकि त्यहाँ हुर्कँदै गरेका युवा युवतीको सपनाले पखेटा फैलाउने ठाउँ नै छैन । स्तरीय शिक्षा छैन, बिरामी हुँदा उपचार पाइँदैन, पेट अघाउन्जेल खाना खान पनि पाइँदैन ।

राजनीतिक अस्थिरताका कारणहरू के हुन् त ?

सरकारले जनअपेक्षा सम्बोधन र अधिकारको संरक्षण गर्न नसक्नु, गरीबी र बेरोजगारी बढ्नु, प्रतिस्पर्धी राजनीतिक दलहरूबीच द्वन्द्वात्मक अवस्था बन्दै जानु, लोकतान्त्रिक मूल्य र मान्यतामा ह्रास आउँदै जानु, अत्यधिक सत्तालिप्सा र सार्वजनिक जिम्मेवारीमा रहेकाहरू गलत आचरणमा अभ्यस्त हुनु राजनीतिक अस्थिरताका मुख्य कारण मानिन्छन् । राजनीतिमा प्रतिस्पर्धी पार्टी, नेता तथा सरकारको कार्यप्रति तर्क गर्नु, विरोध गर्नु राजनीतिको विश्वव्यापी अभ्यास हो । तर, यस्ता तर्क पक्षपाती तथा पूर्वाग्रही भएर गरिनुभन्दा न्यायसंगत, तथ्यपरक र वास्तविक धरातलमा उभिएर गरिनु असल राजनीति तथा राजनीतिज्ञको विशेषता हो । तर, अधिकांश नेपालीको सामाजिक सञ्जाल हेर्ने हो भने उनीहरू सामाजिक सञ्जाल विकृत संस्कृतिमा रमाइरहेका देखिन्छन् । प्रयोगकर्ताले यसलाई अरूको कमजोरी उजागर गरी आलोचना गर्ने मञ्च बनाएका छन् । कतिपयले कपोल कल्पित एवम् भ्रामक सन्देश सम्प्रेषण गर्ने माध्यम बनाएका छन् । यतिसम्म त ठिकै हो, कसै–कसैले योभन्दा माथि गाली बेइज्जती तथा कसैको चरित्रहत्यासम्म गर्ने चौतारो पनि यही सञ्जाललाई बनाएका छन् । सञ्जालमा लाञ्छनायुक्त राजनीतिक संस्कार अवलम्बन गर्दै एकले अर्कालाई निकै तल्लो स्तरमा आलोचना गर्दै आएका छन् । कसैलाई सहानुभूति र सम्मान व्यक्त गर्ने कार्यसम्म र कसैको आलोचनादेखि गालीगलोज गर्नेसम्मका सबै क्रियाकलाप सामाजिक सञ्जालमार्फत नै गर्ने गरिन्छ । बौद्धिक जमातसम्म सबै सामाजिक सञ्जालमा सक्रिय छन् । सामाजिक सञ्जालमा समय बिताउनु आफैँमा गलत होइन, तर यसको प्रयोगमा विवेक पु¥याउन नसक्नु चाहिँ गलत हो ।

अबको राजनीतिक मोर्चा सम्हाल्ने युवा पुस्ताले यसबाट कस्तो राजनीतिक संस्कृति र संस्कार सिक्दै छ भन्ने हो । युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । युवा संगठन निर्माणको महत्पूर्ण पक्ष भनेको अनुशासन हो । संगठनभित्रको अनुशासनको सही व्यवस्थापन भएन भने संगठनभित्र नै अराजकता र गुटबन्दिको सिर्जना हुन्छ ।

लामो नदी पार गर्दा डुङ्गा चलाउँदा किनारमा पुगेपछि अब त पार लागि हालियो नि भनेर खेलाची गर्दा किनारै नजिक पुगेर थोरै पानीमा पनि डुब्न सकिन्छ । तसर्थ, नेतृत्वले यसमा गम्भिर हुनु पर्दछ नै । नेतृत्व छनौट गर्दा नीति निर्माण गर्न सक्ने खालको पनि हुनु पर्छ । स्रोतलाई संगठीत गर्न सक्ने, नयाँ नयाँकुराको खोजी गर्न सक्ने र जोखिम मोल्न सक्ने, परिस्थितिको सही र सटिक विश्लेषण गर्न सक्ने साथै स्पष्ट लक्ष्य कोर्न सक्ने नेतृत्व निर्माणमा हामीले उत्तिकै जोड दिनुपर्छ । जंगलमा यात्रा त गरियो तर, नक्सा भएन भने रणभुल्लमा परिन्छ जहाँ मार्गदर्शनको आवश्यकता पर्छ । त्यस्तै, भवन वनाउदा नक्सा भएन भने गडबडी हुन्छ । नक्सा नबनाइकन भवन बनाउन सकिदैन । स्मरण रहोस्, राजनीतिक हिसाबमा एक व्यक्तिको निधन, एक भोट घट्नु होला । तर, नेपालमा गरिखाने परिवारमा आर्थिकरूपले सक्रिय एक सदस्यको अकालमा मृत्यु हुनु भनेको त्यो परिवारको एक पुस्ता गरिबीमा धकेलिनु हो । यसतर्फ न त सरकार गम्भीर छ, न त राजनीतिक पार्टीहरु नै संवेदनशील छन् । यसले देशमा फेरि बेरोजगारी, भ्रष्टाचार, र संकटको वातावरणलाई निम्त्याएको छ । वर्तमानको यो अवस्थाले कम्तीमा युवा पुस्ताले देखेको समृद्ध नेपाल र सम्पन्नशाली नेपालीको सपना लगभग टुटाइदिएको छ । राजनीतिक तरलताको सिर्जना गरेको छ ।

हाम्रो देश भूपरिवेष्टित मुलुक हो । छिमेकी राष्ट्र भारत र चीनसामु नेपाल आफ्नो अस्तित्व रक्षाको नाजुक मोडमा आइपुगेको छ, सम्भवतः यो अवस्था नेपालको इतिहासकै सबैभन्दा कठिन अवस्थामध्ये एक हो । प्रतिस्पर्धात्मक राजनीतिमा हार्ने, जित्ने भइरहन्छ । कहिले सत्तामा, कहिले प्रतिपक्षमा पुगिन्छ । कहिले सदन कहिले जनता कहिले जेलमा बस्नुपर्छ । स्वतन्त्र व्यक्तिहरुका लागि कुन पार्टी मन पर्छ उनीहरुको छनोटको अधिकारको कुरा हो । तर नतेृत्वले एक्लै समाज र देश बदल्छु भन्ने खालको कुरा यो न हिजो सम्भव भएको थियो । न भोलि सम्भव हुन्छ । जतिसुकै राम्रो गाडी दिए पनि चालकले राम्रोसँग हाँकेन भने त गन्तव्यमा पुर्‍याउँदैन नि ! बौद्धिक समूदायले समेत गम्भिरतापूर्वक लिनु पर्छ । घमण्डले होईन सवैसँगको सहकार्यले मात्र देश बनाउन सकिन्छ । जस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको वैचारिक धार एकदमै अस्पष्ट छ । मानिस स्वतन्त्र भएर आफ्नो जिन्दगी बिताउन चाहन्छ । तर समाजमा स्वतन्त्रताको हद कति हो ? आवश्यकताको मात्रा कति हो ? राजनीतिलाई व्यवसाय बनाउने कि समाजसेवा ? के अहिलेको युवावर्ग देशप्रति सचेत छ ? यो अहिलेको गम्भीर प्रश्न हो ।

सचेत युवा नेतृत्वको खाँचो

युवा वर्गमा पनि हल्लाको पछि, भीडको पछि दौडिनेको संख्या धेरै छ । तसर्थ, नेपालको राजनीतिमा युवा नेतृत्व होइन, सचेत युवा नेतृत्वको खाँचो छ । युवा चेतनामा नवप्रवर्तनको खाँचो छ । अध्ययनशील, वैचारिक, तार्किक र बौद्धिक युवाहरूको खाँचो छ जसले सहीलाई सही र गलतलाई गलत देखोस् । देशबाहिर काम गर्न जाने युवापिँढीको आर्थिक पृष्ठभूमि कमजोर भएकाले विदेशिन बाध्य भएका छन् । तर, सरकारचाहिँ मन्त्रालय खोलेरै उनीहरूलाई विदेशिन प्रोत्साहन दिन्छ, विदेशिन चाहनेलाई सहजीकरण गरिदिन्छ । आज भारतलगायतका देशमा ८० लाख उर्जाशील युवायुवती श्रम बेच्न बाध्य छन् । कुनै पनि स्वाभिमानी राष्ट्रको लागि यो शुभ संकेत मानिँदैन । वैदेशिक रोजगारमा गएका युवा–युवतीहरुको रगत र पसिनाबाट प्राप्त हुने सिमित आर्थिक लाभांशको आधारमा समग्र मुलुकको विकास गर्न सकिन्छ भन्ने आत्मारति अनि गलत मनोविज्ञानबाट अब छिट्टै ब्यूँझनु पर्छ । नत्र इतिहासमा गम्भीर दुर्घटना हुन्छ । त्यसैले यसमा राज्यपक्ष बेखबर र निरीह नबनोस् ।

(खड्का नेकपा (माओवादी केन्द्र)का युवा नेता हुन् ।)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा