
काठमाडौं । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला वलीले पदबाट राजीनामा दिएकी छन् ।
दाङका वाइसीयल नेता एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती र छोरीमाथि हातपात गरेको आरोपमा विवादित बनेकी मन्त्री वलीमाथि छानविन गर्न प्रदेश सरकारले समिति बनाएको थियो ।
सोहि छानविनका लागि सहज होस् भनेर वलीले राज्मन्त्री पदबाट राजीनामा दिएको पत्र मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको बताइएको छ ।