back
CTIZAN AD

छथरका सहकारीहरूलाई गाउँपालिकाले दियो कडा निर्देशन

वि.सं.२०७९ असार १५ बुधवार

783 

shares

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले पालिकाभित्र संचालनमा रहेका सहकारी संस्थाहरूलाई नियमानुसार संचालित हुन कडाईका साथ निर्देशन गरेको छ ।

पालिकामा रहेका ४६ वटा सहकारी संस्थाहरू नियमित साधारणसभा नभएको, नियमित लेखापरिक्षण नगरेको, बिधान अनुसार संचालन नभएको, नियमित बैठक नबसेको, वचत तथा ऋण परिचालनमा अनियमितता देखिएकोले सहकारीहरूलाई कडाई गर्न लागिएको पालिका श्रोतले जनाएको छ ।

कार्यपालिकाको बैठकले निर्णय गर्दे गाउँपालिकाको सहकारी ऐन बमोजिम सहकारी तत्काल नियमित हुन आग्रह गर्दै पालिकाले अनुरोध गर्दा समेत नियमित नहुने सहकारीहरूलाई कार्वाहीको दायरामा ल्याउने पनि बैठकले निर्यण गरेको छ ।

त्यस्तै सहकारीमा ऋण लिएर बर्षाे नियमित नहुने, सहकारीको रकम हिनामिना गर्ने सहकारी सदस्यहरूलाई छथर पालिकाभित्र कुनै पनि सामाजिक संघ संस्थाहरूमा आवद्धता नगराउने कार्यपालिकाको निर्णय रहेको पालिका अध्यक्ष सन्तोष तिगेलाले जानकारी बताए ।

सहकारीमा गरिव परिवारका सदस्यहरूको सामुहिक पुँजी रहेकाले कुनै २÷४ जनाले हिसाव हिनामिना गर्न नहुने नियमानुसार संस्था संचालन हुनु पर्ने भएकाले यस्तो निर्णय लिएको अध्यक्ष तिगेलाले बताए ।

आ.व. ०७९/०८० को निति तथा कार्यक्रममा समेत सहकारीलाई नियमित अनुगमन, नियमन, क्षमताविकास लगायतको कार्यक्रम उल्लेख भएको छ ।

 

वि.सं.२०७९ असार १५ बुधवार १४:१३ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...