back
CTIZAN AD

एक वर्षमा थपिए ५ लाख इन्टरनेट प्रयोगकर्ता, कसका ग्राहक कति ?

वि.सं.२०७९ असार १५ बुधवार

1.1K 

shares

काठमाडौं । पछिल्लो एक वर्षमा नेपालमा ५ लाख इन्टरनेट प्रयोगकर्ता थपिएका छन् । नेपाल दुरसञ्चार प्राधिकरणले जनाएअनुसार २०७८ को वैशाख महिनासम्म कूल १५ लाख ५३ हजार ९९८ प्रयोगकर्ता रहेकोमा गत चैत महिनासम्म आउँदा इन्टरनेट प्रयोगकर्ताको संख्या २० लाख ५३ हजार ८०९ पुगेको हो ।

प्राधिकरणले जनाएअनुसार नेपालमा फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्यामा ह्वात्तै बृद्धि भएको छ । प्राधिकरणका अनुसार पछिल्लो एक वर्षको अवधिमा नेपालमा ५ लाख ८५ हजार ९०३ ग्राहक बढेका छन् । ०७८ को वैशाखसम्म १३ लाख १३ हजार ४५१ फाइबर इन्टरनेटको प्रयोगकर्ता रहेकोमा पछिल्लो चैतसम्म १८ लाख ९९ हजार ३५४ पुगेको छ ।

प्राधिकरणका अनुसार वर्ल्डलिंक कम्युनिकेशले सबैभन्दा बढी फाइबर प्रयोगकर्ता थपेको छ । वर्ल्डलिंकले एकै वर्ष १ लाख ५२ हजार ६८० प्रयोगकर्ता थपेको छ । अन्यको तुलनामा सुरक्षित र प्रभाकारी भएकोले पछिल्लो समय फाइबर इन्टरनेट प्रयोगकर्ताहरुको संख्या बढेको विज्ञहरुको भनाइ छ ।

प्राधिकरणका अनुसार योबीचमा वायरलेस इन्टरनेट प्रयोगकर्ताको संख्यामा भने निकै कमी आएको छ । अघिल्लो वर्ष ४२ हजार ८१३ वायरलेस इन्टरनेट प्रयोगकर्ता रहेकोमा जुन घटेर २६ हजार ७ सय ८७ मा सिमित भएको छ । यो संख्या अघिल्लो वर्षको वैशाखको तुलनामा करिब १६ हजारले कम हो ।

त्यस्तै, केवल इन्टरनेट प्रयोगकर्ताको संख्या १ लाख २७ हजार ६६८ पुगेको छ । यो संख्या गत वर्षको भन्दा झण्डै ७० हजारले कम हो । गत वर्ष केवल ईन्टरनेट प्रयोगकर्ताको संख्या १ लाख ९७ हजार ७३४ रहेको थियो ।

वर्ल्डलिंक पहिलो र आक्रामक

नेपाल दुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ५७ कम्पनीले इन्टरनेट सेवा दिइरहेका छन् । तिनीहरुमध्ये नेपाल दुरसञ्चार, वर्ल्डलिंक, भाइनेट, सुविसु, डिस होम, क्लासिक टेक, सिजी कम्युनिकेसनलगायतका सेवा प्रदायकले बजारको महत्वपूर्ण हिस्सा ओगटेका छन् ।

प्राधिकरणको रिपोर्टअनुसार अहिले नेपालमा सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता वल्र्डलिंक कम्युनिकेशका छन् । वर्ल्डलिंकले पछिल्लो चैतसम्म ६ लाख ३० हजार २७९ ग्राहक पु¥याएको छ । जुन अघिल्लो वर्षको तुलनामा १ लाख ५१ हजार बढी हो ।

वर्ल्डलिंकपछि नेपालमा सबैभन्दा बढी इन्टरनेट प्रयोगकर्ता नेपाल दुरसञ्चार प्राधिरकणका छन् । पछिल्लो तथ्यांकअनुसार दुरसञ्चारका प्रयोगकर्ता २ लाख ९८ हजार ३९१ पुगेका छन् । वल्र्डलिंकले आक्रामक रुपमा ग्राहक बढाउँदा दुरसञ्चारले भने खासै ग्राहक बढाउन सकेको छैन । एक वर्षको तुलनामा दुरसञ्चारले जम्मा ४ हजार ६११ ग्राहक संख्या बढाएको छ ।

नेपालमा सुविसु, क्लाकिस टेक र भायोनेट निकै प्रतिस्पर्धी संस्थाको रुपमा देखिएका छन् । बराबरी जस्तो प्रयोगकर्ता यी संस्थाले एक वर्षको अवधिमा निकै राम्रो संख्यामा नयाँ प्रयोगकर्ता पनि थपेका छन् ।

कुनका ग्राहक कति ?

वर्ल्डलिंक : ६ लाख ३० हजार २७९

नेपाल दुरसञ्चार : २ लाख ९८ हजार ३९१

सुबिसु : २ लाख २१ हजार ९०२

क्लासिक टेक : २ लाख १६ हजार ४५३

भायोनेट : १ लाख ७२ हजार ३७७

डिस मिडिया : ९५ हजार ७६३

टेक माइण्ड नेटवर्क : ८९ हजार ११

वेभ सफर : ६९ हजार ७३५

बाेर्डलिंक : ५३ हजार ४४४

सिम्पल मिडिया : २२ हजार ९८६

सिजि: २२ हजार २९५

वि.सं.२०७९ असार १५ बुधवार १५:०५ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

मोबाइल उद्योगको विकासमा क्यान र एनएमडिएबीच सहकार्य, ‘ग्रे मार्केट’ नियन्त्रणमा संयुक्त पहल

काठमाडौँ । नेपालको सूचना प्रविधि तथा मोबाइल व्यवसाय क्षेत्रका दुई...

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...