back
CTIZAN AD

एनआरएनए युरोपले विज्ञ सम्मेलन गर्दै, तीन सदस्यीय कार्यदल गठन

वि.सं.२०७९ असार १९ आइतवार

753 

shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) युरोपले विज्ञ सम्मेलनको आयोजना गर्ने भएको छ ।

संघका युरोप संयोजक सन्तोष भट्टराईका अनुसार संघले आगामी ११ औं क्षेत्रीय बैठकसंगै युरोप क्षेत्रमा कार्यरत विभिन्न नेपाली विज्ञहरुको भेला गर्ने तयारी गरेको हो ।

एनआरएनए युरोप क्षेत्रीय पदाधिकारीहरुको शनिबार सम्पन्न बैठकले सम्मेलनलाई सफल बनाउनका लागि एक कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा राजु अर्याल (नर्वे), नवराज रोशियारा (जर्मनी) र डा. चिरन्जीवी खड्का (चेक रिपब्लिका) रहेका छन् ।

बैठकले सम्मेलनको मिति र स्थान तोक्ने जिम्मा क्षेत्रीय संयोजकद्वय चिन्तामणि सापकोटा र सन्तोष भट्टराईलाई दिएको छ । भट्टराईले आगामी दुई हप्ताभित्र स्थान र मितिको टुंग्गो लगाउने जानकारी दिए ।

बैठकले एनआरएनए यूकेको विवाद अन्त्य गर्न संघका अध्यक्ष कुल आचार्यको संयोजत्वमा गठित समितिलाई पूर्णरुपमा सहयोग गर्ने र छिटोभन्दा छिटो समस्याको समाधान खोज्न आग्रह गर्ने निर्णय गरेको छ । करिब तीन दर्जन राष्ट्रिय समितिका प्रतिनिधिहरु तथा अध्यक्षहरुको उपस्थिति रहेको बैठकमा करिब ५० जनाको सहभागिता थियो ।

बैठकमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी, उपाध्यक्ष डा.हेमराज शर्मा, महासचिवद्वय गौरीराज जोशी र डा. केशव पौडेल, उपमहासचिव रामशरण सिंखडा, सचिव गंगाधार गौतम, कोषाध्यक्ष फडिन्द्र पन्त, प्रवक्ता शिव बरुवाललगायतको उपस्थिति थियो । संघको विधानअनुरुप गठित क्षेत्रीय समितिको बैठक पहिलो पटक बसेको हो ।

वि.सं.२०७९ असार १९ आइतवार १७:१३ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...