काठमाडौं । आज देशभर आँशिकदेखि सामान्य बदली रही देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार राति लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
त्यसैगरी आज सिन्धुपाल्चोक, लमजुङ, बाग्लुङ, रुकुम, पूर्व, रोल्पा, प्यूठान, सुर्खेत, अछाम, डोटी, कैलाली, कन्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुलाका केही स–साना नदीहरुमा आकस्मिक बहाब बढ्न सक्ने हुनाले सतर्कता अपनाउन पनि बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
वि.सं.२०७९ असार २० सोमवार ०८:४९ मा प्रकाशित






























