back
CTIZAN AD

नदी कटानका कारण भिमादका एक सय बढी घरधुरी उच्च जोखिममा

वि.सं.२०७९ असार २० सोमवार

933 

shares

तनहुँ । जिल्लाको भिमाद नगरपालिका– ५ र ६ का एक सयभन्दा बढी घरधुरी नदी कटानका उच्च जोखिममा रहेका छन् । भिमाद नगरपालिका– ६ कुमार चोकमा सेती नदीका कारण करिब ८५ र भिमाद–५ अन्टेन खोलानजिक कपरादी दलित बस्तीका २२ घरधुरी जोखिममा परेका हुन् । वर्षायाममा खोला र नदीमा आएको बाढीले बस्ती क्षेत्र कटान गर्न थालेपछि जोखिम बढेको हो । अघिल्ला वर्षमा खोला र नदीमा आएको बाढीले कटान गरेको स्थानमा संरक्षण हुन नसक्दा पुनः वर्षायाम सुरु भएसँगै बस्ती क्षेत्रमा जोखिम बढ्न थालेको छ ।

सेती नदीले कटान गरेका कारण भिमाद–६ कुमार चोकका धेरै बासिन्दा विस्थापित हुने स्थितिमा पुगेका छन् । केही मानिस दिउँसो त्यही बसेर व्यापार गर्ने र साँझपख अन्यत्रै सुरक्षित स्थानमा गएर बस्दै आएको नगरपालिकाकी उपप्रमुख शारदा खनालले जानकारी दिए । नगरपालिकाको बजेटले मात्रै सम्बोधन गर्न नसकिने भएकोले नदी कटान नियन्त्रणका लागि आवश्यक पहल भइरहेको उनले बताए । सेतीनदीको कटानका कारण जोखिम बनेको बस्ती जोगाउनको लागि डिपीआर गरिए पनि संरक्षण हुन सकेको छैन । उपप्रमुख खनालले भने, “बस्ती जोगाउन गण्डकी प्रदेश र सङ्घीय सरकारसँग पनि समन्वय गरी अघि बढिरहेका छौँ ।’’

त्यसैगरी भीमाद–५ का दलित बस्तीका करिब २२ घरधुरी जोगाउनका लागि अन्टेन खोलाले कटान गरेको स्थानमा पर्खाल लगाउने कार्य सुरु भइसकेको उनले जानकारी दिए । सेती नदीले कटान गरेको क्षेत्रमा नदीलाई छेकेर मर्निङ्ग पार्क बनाउने योजना रहेको नगरपालिका कार्यालयले जनाएको छ । हाल नदी घुमेको उक्त स्थानमा चेक ड्याम निर्माण गरी बस्ती क्षेत्रलाई जोगाउने प्रयास भइरहेको बताइएको छ ।

बस्ती क्षेत्र संरक्षणका लागि जमिन तलबाट कंक्रिट ढलान निर्माण गर्नुपर्ने देखिएको र यसका लागि ठूलै बजेटको आवश्यक पर्ने नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । नदीले भत्काउन नसक्ने गरी बस्ती संरक्षण गर्नुपर्ने देखिएकाले त्यसका लागि नगरपालिका सक्रियरुपमा लागि रहेको उनको भनाइ थियो । रासस

वि.सं.२०७९ असार २० सोमवार १२:०१ मा प्रकाशित

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...