काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ ।
काठमाडौंको कमलादीमा आइतबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आज आइतबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको १० पेजको राजनीतिक प्रतिवेदनमाथि खुला छलफल हुने बताइएको छ ।
अध्यक्ष प्रचण्डले खुला छलफलबाट प्रतिवेदनमाथिको आफ्नो धारणा राख्न केन्द्रीय सदस्यहरुलाई आव्हान गरेका छन् । प्रतिवेदन संक्षिप्त भएकाले समूहगत छलफल नहुने समेत उनले बताएका छन् । छलफलका लागि फ्लोर ओपन गर्दै अध्यक्ष प्रचण्डले प्रतिवेदनमाथि लागेका कुराहरु २ मिनेटभित्र सक्नुपर्ने आग्रह समेत गरेका छन् ।
आइतबार अध्यक्ष प्रचण्डद्धारा प्रस्तुत १० पेजको प्रतिवेदनमा वर्तमान घरेलु परिस्थिति, स्थानीय तह निर्वाचनको विश्लेषण र यसका शिक्षाहरु, गठबन्धनको समिक्षा र शिक्षा, आगामी योजना, आगामी निर्वाचनको तयारी लगायतका विषयमा समेत उल्लेख गरेका छन् ।
वि.सं.२०७९ असार २० सोमवार १२:२१ मा प्रकाशित






























