काठमाडौं । रामेछापमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजु ढकालले जानकारी दिएअनुसार दुर्घटना हुँदा घटनास्थलमै नौ जना र चार जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनका अनुसार सबै मृतकको पहिचान भइसकेको छैन । दुर्घटनामा घाइते भएका २२ जनाको काभ्रेमा उपचार भइरहेको छ । हेलिकप्टरबाट उद्धार गरिएका तीन जनाको कहाँ उपचार भइरहेको भन्ने एकीन नभएको जानकारी दिए ।
बस ब्रेकफेल भएर दुर्घटनामा परेको प्रारम्भिक अनुमान गरिएको छ । मंगलबार बिहान ७ बजेतिर सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा३ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना भएको थियो ।
सम्बन्धित समाचार
वि.सं.२०७९ असार २१ मंगलवार १५:१५ मा प्रकाशित






























