काठमाडौं । पछिल्लाे पटक नेपालमा कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९० जना नयाँ संक्रमित थपिएका छन् ।
३१ सय १२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ७३ र एन्टीजेन विधिमार्फत् १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय जनाएकाे छ ।
थपिएका सङ्क्रमित मध्ये सबैभन्दा बढी काठमाडौँका ४३ जना रहेका छन् । त्यस्तै ललितपुरमा ७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ भने २४ घण्टाको अवधिमा २० जना डिस्चार्ज भएका छन् । यद्यपि, सो अवधिमा कसैको पनि मृत्यु भने भएको छैन ।

वि.सं.२०७९ असार २१ मंगलवार १६:५३ मा प्रकाशित






























