back
CTIZAN AD

साम्राज्यवादले छेडेको युद्धमा प्रतिरोध गर्न विप्लवको आग्रह

वि.सं.२०७९ असार २१ मंगलवार

882 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले साम्राज्यवाादले छेडेको युद्धमा प्रतिरोध गर्न आग्रह गरेका छन् ।

पूर्वमन्त्री तथा वामपन्थी नेता देव बहादुर पौडेल क्षेत्रीद्धारा लिखित ‘क्रान्तिका बाटोको सवाल’ नामक पुस्तकको विमोचन गर्दै विप्लवले साम्राज्यवाद योजनावद्ध रुपमा पसेर नेपालमा जवरजस्त युद्ध थोपरेकोले सबै देशभक्त, वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट भएर प्रतिकार गर्न अनिवार्य भएको बताएका छन् ।

एमसीसीको डिजाइनभित्र एसपीपी थोपरेको शक्तिले शैन्य व्यारेक स्थापनाको तयारी समेत गरेकाले नेपाल जटिल र विषम स्थितिमा रहेको उनले बताएका छन् । उनले राज्यमाथि उत्पीडन थोपरिएको व्याख्या गर्दै त्यसविरुद्ध लड्न सबैलाई आग्रह गरे ।

मुलुकले लामो समय राजनैतिक संक्रमणता व्यहोरिरहनु परेकाले दलाल पुँजीवादको उदण्डता देखापरेको बताउँदै नेपालमा प्रगतिशील पुँजीवादका बारेमा  नयाँरुपले बहस गर्नुपर्नेमा जोड दिएका थिए । उनले अर्थतन्त्र धराशायी बनाउने तत्वहरुले सबै राजनीतिक शक्तिहरुलाई विघटन गर्दै लगेको बताउँदै अर्को क्रमभंगका लागि नयाँ आधारमा नयाँ एकता खोजिनुपर्ने उनले बताए ।

कार्यक्रममा टिप्पणीकार रहेका वरिष्ठ बाममन्थी नेता तथा पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्टराईले ठूला भनिएका दलहरुले निष्ठा छाडेको र जनतामाथि बेइमानी गरेकाले कम्तिमा नयाँ जनवाद पक्षधर शक्तिहरु एकताबद्ध हुन सुझाव दिए ।

May be an image of 7 people and people standing

कार्यक्रममा अर्का टिप्पणीकार झलक सुवेदीले नयाँ परिस्थिति अनुसार नचल्दा हुने जोखिमतर्फ सजग गराउँदै क्रान्तिको बाटो वस्तुनिष्ठ हुनुपर्नेमा जोड दिए ।

त्यस्तै कार्यक्रममा ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारीले देव वहादुरले जीवनभरी परिवर्तन खोजेको बताउँदै ०५५ सालमा सहायक मन्त्री हुँदा माओवादीलाई सैन्य सामग्री सहयोग गरेको खुलासा गरेका थिए । अध्यक्ष तिवारीले क्षेत्री क्रान्तिको खोजीमा निरन्तर लागेको बताउँदै पंचायतकालदेखि माले, एमाले, माओवादी हुँदै एकिकृत जनक्रान्तिसम्मको उनको यात्रा स्मरण गराएका थिए ।

जनअधिकार अभियान नेपालका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीको सभापतित्वमा आयोजित सो कार्यक्रममा नेकपाकी नेतृ बन्धु चन्द, पूर्व सांसद वाग्छे शेर्पा लगायतले लेखकको जीवनी र राजनैतिक धारणा सहित टिप्पणी राखेका थिए ।

उद्यमी कृष्ण आचार्य, पूर्वराजदूत युवनाथ लम्साल, डा. प्रेम शर्मा तथा संन्तोष बुढा मगर लगायत नेकपाका नेताहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा अतिथिहरुले सामुहिक रुपमा पुस्तक विमोचन गरेका थिए ।

No description available.

वि.सं.२०७९ असार २१ मंगलवार १७:०२ मा प्रकाशित

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

४४ वटा म्याक्सस बुकिङ, नाइमाको अफर भदौ १५ सम्मै

काठमाडाैँ । हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...