back
CTIZAN AD

नेप्सेमा भारी अंकको गिरावट : सबै समूहका सूचक राताम्मे

वि.सं.२०७९ असार २१ मंगलवार

777 

shares

काठमाडाैं । साताको कारोबारको तेस्रो दिन मंगलबार शेयरबजार परिसूचक नेप्से राताम्मे देखिएको छ । मंगलबार पुँजी बजार मापक परिसूचक नेप्से ४६.०८ अंकले घटेर २०३०.५९ बिन्दुमा झरेको छ।

साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से सूचक ९.७५ अंकले घटेर २०७६.६७ विन्दुमा बन्द भएको थियो। आज समग्र नेप्से सूचक २.२२ प्रतिशतले घटेको छ।

मंगलबार कारोबारमा आएका सबै समूहका सूचकहरु घटेका छन। सबैभन्दा धेरै व्यापार समूहको सेयर मूल्य घटेको छ। व्यापार सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ। यसैगरी, अन्य समूह तर्फकाे सेयर मूल्य ३.८३ प्रतिशत, लगानी समूह तर्फको सेयर मूल्य ३.३१ प्रतिशत, फाईनान्स समूहको सेयर मूल्य ३.५३ प्रतिशतले घटेको छ।

मंगलबार २२९ वटा कम्पनीको ४९ हजार पटकको शेयर कारोबारमा २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँ बराबरको ८६ लाख १३ हजार कित्ता शेयर किनबेच भएकाे छ ।

१७ वटा कम्पनीको शेयरमूल्य भने बढ्याे

यस दिन बजार घटे पनि १७ वटा कम्पनीको शेयरमूल्य भने बढ्याे । यस दिन सीवाईसी नेपालको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा न्याग्दी ग्रुप पावर र आँधीखोला लघुवित्तको शेयरमूल्य ९ प्रतिशतभन्दा बढिले वृद्धि भएकाे छ ।

यस्तै, घलेम्दी हाइड्रोको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घट्दा शेयरमूल्य प्रतिकित्ता २११ रुपैयाँ कायम भयो ।

वि.सं.२०७९ असार २१ मंगलवार १७:०६ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...