back
CTIZAN AD

रुस मात्रै होइन चीनलाई पनि घेराबन्दी गर्ने योजनामा नेटो

वि.सं.२०७९ असार २१ मंगलवार

699 

shares

काठमाडौं । रुसले गत २४ फेब्रुअरीमा युक्रेनमाथि युद्धको घोषणा गरेपछि नेटोले चौतर्फी घेराबन्दी गरेको छ । नेटोले रुसलाई एक्ल्याउने र कमजोर बनाउने योजनामा निरन्तर सक्रिय छ ।

रुसपछि नेटोले आफ्नो ध्यान चीनमा केन्द्रित गरेको छ । गत हप्ता म्याड्रिडमा भएको नेटो बैठकमा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया र न्युजिल्यान्डले पनि सहभागिता जनाएका थिए । एशिया प्रशान्त क्षेत्रका यी चार देशसँग सहयोग बढाएर चीनलाई घेरा हाल्ने प्रयासमा नेटो अघि आएको छ ।

नेटोले यी चार सहयोगीहरूसँग साइबर सुरक्षा र सामुद्रिक सुरक्षामा सहयोगसम्बन्धी सम्झौताहरू पनि हस्ताक्षर गरेको छ। यी चार देशका नेता नेटो बैठक र सम्झौतामा जानुको कारण रुसले युक्रेनमाथि गरेको आक्रमण र चीनको बढ्दो आक्रामकता रहेको विज्ञहरुको अनुमान छ ।

बैठकमा जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो उपस्थितिले युरोप र इन्डो(प्यासिफिकको सुरक्षा ‘अभिन्न’ हो भन्ने कुरा नेताहरूले बुझेको बताएका थिए। उनले पूर्वी एसिया युक्रेनमा परिणत हुँदै गएकोमा गहिरो अनुभूति भएको बताएका थिए ।

स्वीडेन र फिनल्याण्ड पनि नेटोमा

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) का तीस सहयोगीहरूले स्वीडेन र फिनल्याण्डको लागि एक्सेशन प्रोटोकलमा हस्ताक्षर गरेका छन्।

फिनल्याण्डका विदेशमन्त्री पेक्का हाभिस्टो र स्वीडेनका विदेशमन्त्री एन लिन्डेको उपस्थितिमा नेटो मुख्यालयमा मंगलबार नाटोका राजदूतहरूले फिनल्याण्ड र स्वीडेनका लागि उक्त प्रोटोकलमा हस्ताक्षर गरेका हुन् । पछिल्लो हस्ताक्षरसँगै अब स्वीडेन र फिनल्याण्ड पनि नेटोमा सहभागि हुनेछन् ।

गत हप्ता म्याड्रिड शिखर सम्मेलनमा, नेटो सहयोगी नेताहरूले टर्की, फिनल्याण्ड र स्वीडेन बीचको त्रिपक्षीय समझदारी पछि फिनल्याण्ड र स्वीडेनलाई संगठनमा सामेल हुन आमन्त्रित गर्न सहमत भए। एजेन्सीबाट

वि.सं.२०७९ असार २१ मंगलवार १८:०६ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...