back
CTIZAN AD

आन्तरिक उत्पादनमा केन्द्रीत नभए आयातमै निर्भर हुने अवस्था आउँछ– गभर्नर अधिकारी

वि.सं.२०७९ असार २२ बुधवार

702 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा ५५ खर्ब सिस्टममा भएको मौद्रिक नीतिको फोकस आन्तरिक उत्पादन बढाउनेतर्फ हुनुपर्ने बताएका छन् ।

आगामी मौद्रिक नीतिको सम्बन्धमा नेपाल व्यवस्थापन संघद्वारा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले उत्पादनमुलक क्षेत्रमा लगानी नगरेमा आयातमा नै निर्भर हुने अवस्था आउने बताएका हुन् । उनले अर्थतन्त्र असहज भएको बेला ८ प्रतिशत आर्थिक वृद्धिमा निजी क्षेत्रको भूमिका हुनुपर्ने बताउदै त्यसका लागि व्यवसायीले बैंकमा मात्रै भर पर्न नहुने बताए ।

अधिकारीले ब्याजदरको घटबढ हुनेतर्फ संकेत गर्दै कुनै क्षेत्रलाई ब्याज बढी पर्न सक्ने बताउँदै यस्तो अवस्थामा सहनुको विकल्प नरहेको बताए । गभर्नर अधिकारीले सिआरआर ३ प्रतिशतमा झरेको, पोलिसी दर ८ प्रतिशत पुगेको तर एसएलआर नबढाएको बताए । विगतमा भएका सहुलियतका कार्यक्रम स्थायी नभएको बताउँदै उनले सहुलियतका कार्यक्रम कमी हुन सक्ने बताए । ‘हिजो दिएका सहुलियत तथा सुविधा सँधैका लागि होइनन्, त्यसलाई कम गर्ने रणनीतिमा छौं,’ उनले भने ।

सोहि कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले कृषिको नाममा घरजग्गामा कर्जा गएको विषयमा आशंका गरे । ‘कतै कृषिको नाममा घरजग्गामा कर्जा गएको त छैन,’ कार्यक्रममा बोल्दै ढकालले प्रश्न गरेका छन् । कृषिमा लगानी गर्ने नीति भएको तर त्यसको प्रभावकारिता नदेखिएको ढकालको तर्क छ । कृषिमा गरिएको कर्जाको विषयमा अध्ययन गर्न आवश्यक भएको बताउँदै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याउन लागेको मौद्रिक नीति सन्तुलित भएर आउनुपर्ने बताए । साना उद्यमी, कृषि, जलविद्युत र पर्यटन क्षेत्रलाई प्राथमिकता राखेर मौद्रिक नीति आउनुपर्ने उपाध्यक्ष ढकालको सुझाव छ ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले देशको अर्थतन्त्र कठिन अवस्थामा पुगेको बताएका छन् । उनले तरलताको अभाव, विदेशी मुद्रा सञ्चितिको दबाबले निजि क्षेत्रको मनोबल हतोत्साहित भइरहेको बताए । ‘सीसीडी र ४÷१२ को नीतिले समस्या सिर्जना गरेको छ, यसलाई तत्काल खारेज गरौं, पहिले पनि सुझाव दिएका थियौं, अहिले पनि दिएका छौं, सीडी रेसियो अन्तर्रास्ट्रिय मापदण्ड भएपनि हामीले कार्यान्वयन गर्ने बेला भएको छैन,’ उनले भने ।

यस्तै, उनले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउनुपर्ने भन्दै स्प्रेडरेट घटाउनुपर्नमा जोड दिए । उनले स्प्रेडरेट ३.५ प्रतिशत कायम गर्नुपर्ने भन्दै आयात निरुत्साहितभन्दा पनि व्यवस्थापन गर्न तिर ध्यान केन्द्रीत हुनुपर्ने बताए । बैंकमा स्रोतको अभावका कारण तरलताको अभाव दखिएको, बैंकको सेवाशुल्क घटाउनु पर्ने, व्याजदर एकल डिजिटमा ल्याउनु पर्ने क्रिप्टो करेन्सीलाई मान्यता दिने विषयमा सोच्नुपर्ने उनको भनाई थियो ।

त्यस्तै, नेपाल वित्त कम्पनी संघका अध्यक्ष सरोजकाजी तुलाधरले सेयर बजार बढाउने नीति राष्ट्र बैंकले लिनुपर्ने बताए । उनले धेरैले ४/१२ को नीति खारेज गर्नुपर्ने बताएको भन्दै मागलाई अध्ययन गरेर सम्बोधन गर्नुपर्ने बताए ।

 

वि.सं.२०७९ असार २२ बुधवार ०९:०३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...